BIZMANDU
www.bizmandu.com

आशिष थापाको स्वरमा ‘तिमी बिना’

२०८० असोज २२

आशिष थापाको स्वरमा ‘तिमी बिना’
आशिष थापाको स्वरमा ‘तिमी बिना’


तिमी बिना गजल शून्य, बहार भेट्दिन म

Vigo
GBIME
Tata

तिमी बाहेक मनमा अन्य, रहर भेट्दिन म

मैले देख्ने संसार मात्र भए, मेरो संसार तिमी

मैले लेख्ने गीत जीवन भए जिउने आधार तिमी

‘तिमी बिना’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। आशिष थापा युट्युब अकाउन्टमार्फत सार्वजनिक गीतमा एक प्रेमीले प्रेमिकाप्रति गर्ने माया र अनुभूति समेटिएको छ।

तिमी बिना गीतमा आशिष थापाको स्वर र संगीत सुन्न सकिन्छ। सरोज गिरीको शब्द रहेको गीतमा सागर संसार राईले ध्वनी संयोजन गरेका हुन्।

त्यसैगरी गीतमा राहुल विश्वकर्माले गितार बजाएका छन् भने भुवन गन्धर्वले तबलामा काम गरेका छन्। गीतको लिरिकल भिडियो भने विक्रान्न रेग्मीले तयार पारेका हुन्।