BIZMANDU
www.bizmandu.com

नबिल सेक्युरिटिजको सीइओमा सुरेश देवकोटा नियुक्त, २ दशक लामो बैंकिङ क्षेत्रको अनुभव

२०८० असोज २१

नबिल सेक्युरिटिजको सीइओमा सुरेश देवकोटा नियुक्त, २ दशक लामो बैंकिङ क्षेत्रको अनुभव
नबिल सेक्युरिटिजको सीइओमा सुरेश देवकोटा नियुक्त, २ दशक लामो बैंकिङ क्षेत्रको अनुभव


काठमाडौं। नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन्। नबिल सेक्युरिटिजको सञ्‍चालक समितिले देवकोटालाई आइतबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो।

Tata
GBIME
NLIC

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत थिए। आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेका थिए। नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति गरेपछि उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

व्यावसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन्। त्रिभुवन विश्‍वविद्यालयबाट व्यवस्थापन संकायमा स्‍नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्‍चालक सदस्यको रूपमा पनि काम गरिसकेका छन्।

वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्‍ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्‍वास कम्पनीको सञ्‍चालक समितिले लिएको छ।