काठमाडौं। क्रम्पटन कम्पनीले यसपालिको दसैं तथा तिहारलाई लक्षित गरेर ‘यस दसैं तिहार उपहारै उपहारको बहार’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत क्रम्पटनका विभिन्न होम एप्लायन्सेसको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सकिने छ। योजना भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ।
योजना अवधिभर हरेक हप्ता एक ग्राहकले मिक्सर ग्राइन्डर वा इन्डक्सन कुकटप उपहार पाउनेछन्। त्यस्तै, एक भाग्यशाली ग्राहकले माइडियाको साइड बाइ साइड रेफ्रिजिरेटर बम्पर उपहार पाउने कम्पनीले जानकारी दिएको छ।
साथै, पुराना भएका सामग्री फेरबदल गरि नयाँ सामान लैजान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ। यति मात्र नभई चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सीजी लोयल्टी क्लबको रिवार्ड प्रोग्रामअन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन्।
नेपालमा क्रम्पटन ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सीजी इम्पेक्स हो।