BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक अफर, हवाइ टिकटको खरिदमा ५% छुट

२०८० असोज १७

सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक अफर, हवाइ टिकटको खरिदमा ५% छुट
सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक अफर, हवाइ टिकटको खरिदमा ५% छुट


काठमाडौं। सानिमा बैंकले फोनपे प्रालिसँगको सहकार्यमा सानिमा सजिलो ई-बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक अफर ल्याएको छ। यो अफर असोज १० गतेदेखि कात्तिक मसान्त सम्म लागू हुने बैंकले जानकारी दिएको छ।

Tata
GBIME
NLIC

यो अफरअन्तर्गत पहिलो पटक सानिमा सजिलो ई-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुले एयरलाइन्सको टिकटमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ छुट पाउने छन्। यस्तै, बिजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक पाउन सकिने बैंकले जनाएको छ।

मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको बताएको छ। बैंकका अनुसार अफर अवधिभर सहभागी हुने ग्राहकहरुले पहिलो प्राथमिकताका आधारमा क्यासब्याक पाउनेछन्।

बैंकले ग्राहकहरुलाई विभिन्‍न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। बैंकले देशका सातै प्रदेशमा १३२ शाखा तथा १२३ एटीएममार्फत सेवा दिइरहेको छ।