BIZMANDU
www.bizmandu.com

नाडामा बुकिङ भएका टाटाको टियागो इभी धमाधम डेलिभरी, दसैं अघि सबै डेलिभरी हुने

२०८० असोज १७

नाडामा बुकिङ भएका टाटाको टियागो इभी धमाधम डेलिभरी, दसैं अघि सबै डेलिभरी हुने
नाडामा बुकिङ भएका टाटाको टियागो इभी धमाधम डेलिभरी, दसैं अघि सबै डेलिभरी हुने


काठमाडौं। गत भदौ अन्तिम साता भृकुटीमण्डपमा भएको सवारी मेला नाडा अटो शोमा बुकिङ भएका टाटाको टियागो इभीको डेलिभरी सुरु भएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले डेलिभरी दिन थालेको हो।

Tata
GBIME
NLIC

सिप्रदीले अहिले दैनिक २० देखि २५ युनिट टियागो इभी डेलिभरी गरिरहेको जनाएको छ। कम्पनीका अनुसार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको सवारी मेलामा टियागो इभी मात्र ५०० युनिटभन्दा बढी बुकिङ भएको थियो।

यस्तै नेक्सन इभी म्याक्स र पन्चको पनि बुकिङ भएको थियो। कम्पनीले नाडामा बुकिङ भएका टियागो इभी सबै ग्राहकहरुलाई डेलिभरी दिने तयारी कम्पनीको योजना छ।

अहिले बुकिङ गर्ने ग्राहकहरुले समेत दसैं अगाडि नै टियागो इभी डेलिभरी पाउने कम्पनीले जनाएको छ।

टाटाको टियागो इभी भने ह्याचब्याक सेग्मेन्टमा मिडियम रेन्ज (एमआर) एक्सईको सुरुवाती मूल्य २१ लाख ९९ रुपैयाँ तोकिएको छ। यस्तै कम्पनीले यो गाडीलाई ५ वटा भेरियन्टमा नेपाली बजारमा ल्याएको छ। जसमा एमआर एक्सटीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ, लङ रेन्ज (एलआर) एक्सटीको मूल्य २५ लाख ४९ रुपैयाँ, एलआर एक्सजेड प्लस २६ लाख ९९ हजार रुपैयाँ र एलआर एक्सजेड प्लस टेक लक्जरी २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।  

यसमा ७.२ किलोवाटको एसी होम चार्जर उपलब्ध छ। यसले मिडियम रेन्ज भेरियन्टको लागि १०० प्रतिशत चार्ज गर्न २.६ घन्टा लाग्छ भने लङ रेन्जको लागि ३.६ घन्टाको समय लाग्छ। यस्तै यसको अर्को एसी वालबक्स चार्जरले फुल चार्ज गर्न मिडियम रेन्ज ६.९ घन्टा र लङ रेन्जको लागि ८.७ घन्टाको समय लाग्छ।

यसैगरी डीसी फाष्ट चार्जरले फुल चार्ज गर्न ५८ मिनेटको मात्र समय लाग्छ। यस्तै अन-रोड चार्जिङमा १५ एम्पीयरको पोर्टएबल चार्जरले मिडियम रेन्ज फुल चार्ज गर्न ६.९ घन्टा र लङ रेन्जलाई ८.७ घन्टाको समय लाग्छ।

यसमा १९.२ र २४ किलोवाट आवर(युनिट) लिथियम आयोन ब्याट्री प्याक छ। यस्तै वाटर र डस्ट प्रुफ प्रमाणित आईपी६७ कोटेट पनि छ। मिडियम रेन्जमा १९.२ किलोवाट आवरको ब्याट्रीले फुल चार्जमा २५० किलोमिटर र लङ रेन्जमा २४ किलोवाट आवरको ब्याट्री प्याकले फुल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्छ। यो गाडीमा ४५ किलोवाट मोटर पावर उपलब्ध छ।

यस्तै ४ वटा स्पिकर, एन्ड्रोइड एण्ड एप्पल कार प्ले कनेक्टीभीटी, भोलुम कन्ट्रोल, स्पोर्ट र सिटी ड्राइभ मोड, ह्वीलबेस २४०० एमएम, बुट स्पेस २४० लिटर, अगाडि डिस्क र पछाडि ड्रम, टायर ह्वील १४ इन्चलगायतमा फिचरहरु उपलब्ध छन्।

साथै रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प, कुल्ड ग्लोभबक्स, ड्राइभर सिट हाइट एडजस्टमेन्ट, वन सट पावर वीन्डो, फ्लीप की, भिजिटिङ कार्ड होल्डर, इलेक्ट्रिक पावर स्टेरिङ, हर्मनको १७.७८ सेन्टिमिटर टच स्क्रिन इन्फोटेन्मेन्ट, फोन र भोइस कन्ट्रोल, युएसबी र आई-प्याड तथा ब्लुटुथ कनेक्टीभीटी, एसएमएससँगै कल रिजेक्ट जस्ता फिचरहरु पनि यसमा रहेका छन्।

यसैगरी कम्पनीले ब्याट्री र मोटर प्याकमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ। यस्तै गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ।