BIZMANDU
www.bizmandu.com

आइपीओको आवेदन दिन धितोपत्र बोर्ड जाँदै सौर्य सिमेन्ट, निर्माण उद्योगमा मन्दीबीच व्यापार ७.४० अर्ब

२०८० असोज १७

आइपीओको आवेदन दिन धितोपत्र बोर्ड जाँदै सौर्य सिमेन्ट, निर्माण उद्योगमा मन्दीबीच व्यापार ७.४० अर्ब
आइपीओको आवेदन दिन धितोपत्र बोर्ड जाँदै सौर्य सिमेन्ट, निर्माण उद्योगमा मन्दीबीच व्यापार ७.४० अर्ब


काठमाडौं। निर्माण सामग्री उद्योगमा छाएको मन्दीमा पनि सौर्य सिमेन्टले सन् २०२२/२३ मा ७ अर्ब ४० करोड रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
NLIC

यो अघिल्लो वर्षको तुलनामा २ करोड २० लाख रुपैयाँ मात्रै कम हो। २०२१/२२ मा कम्पनीले ७ अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको थियो। २०२०/२१ मा कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको थियो।

सौर्य सिमेन्टले सर्वसाधारणहरुलाई प्राथमिक सेयर निष्कासन गर्न सम्भवत बुधबार नै धितोपत्र बोर्डमा आवेदन दिँदैछ। आवश्यक स्वीकृति पाएपछि कम्पनीले दसैंपछि प्रिमियममा आइपीओ जारी गर्दैछ। जसका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङले सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडलाई आइआरएन ट्रिपल बी माइनस इसुअर रेटिङ दिएको छ।

निर्माण उद्योगमा चर्किएको मन्दीमा आवश्यक क्यासफ्लो कायम गर्न कम्पनीले आइपीओ जारी गर्ने तयारी गरेको हो। व्यापारलाई चलायमान बनाउन आवश्यक रकम कम्पनीले आइपीओबाटै उठाउने योजनासहित पुँजी बजारमा प्रवेश गर्दैछ।

पूर्वी नेपालमा सबैभन्दा धेरै दबदबा कायम गरेको सौर्य सिमेन्टको कुल सेल्सको ५५ प्रतिशत हिस्सा यही क्षेत्रबाट हुन्छ।

शंकर ग्रुप, अम्बे ग्रुप, हुलास ग्रुपलगायतका ठूला व्यापारिक घरानाहरुको लगानी रहेको कम्पनीको जडित उत्पादन क्षमता दैनिक ३ हजार टन छ।