BIZMANDU
www.bizmandu.com

बझाङमा फेरि भूकम्प, दोस्रोपटक ६.३ म्याग्निच्युडको पराकम्प, भौतिक संरचनामा क्षति

२०८० असोज १६

बझाङमा फेरि भूकम्प, दोस्रोपटक ६.३ म्याग्निच्युडको पराकम्प, भौतिक संरचनामा क्षति
बझाङमा फेरि भूकम्प, दोस्रोपटक ६.३ म्याग्निच्युडको पराकम्प, भौतिक संरचनामा क्षति

काठमाडौं। बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार अपराह्‍न २६ मिनेटको अन्तरमा बझाङमा दोस्रोपटक भूकम्प गएको हो। अपराह्‍न ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

Tata
GBIME

केन्द्रका अनुसार बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पबाट घरहरु भत्किएका छन्। यस्तै विद्यालयहरुमा पनि क्षति पुगेको छ। कतिपय घाइते भएका छन्। तर क्षतिको यकिन विवरण आउन बाँकी छ।

यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङकैतेलकोटलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो।