BIZMANDU
www.bizmandu.com

सेयर कारोबार एक सातायताकै न्यून, नेप्से १९५८.७२ विन्दुमा, सिटिजन लाइफको सर्वाधिक कारोबार

२०८० असोज १६

सेयर कारोबार एक सातायताकै न्यून, नेप्से १९५८.७२ विन्दुमा, सिटिजन लाइफको सर्वाधिक कारोबार
सेयर कारोबार एक सातायताकै न्यून, नेप्से १९५८.७२ विन्दुमा, सिटिजन लाइफको सर्वाधिक कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा मंगलबार सिटिजन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ। सिटिजन लाइफ ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

Tata
GBIME

दोस्रो बजारमा यो कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आएको हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४.९० रुपैयाँ घटेको छ।

कारोबार रकमका आधारमा एनआईसी एसिया दोस्रो स्थानमा रह्यो। एनआईसी एसियाको ५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। बैंकको सेयर मूल्य प्रतिकित्ता १७.३१ रुपैयाँले घटेको छ।

सेयर बजार परिसूचक १७.५७ अंकले घटेर १९५८.७२ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले घटेको छ।

४४ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ। समता घरेलु लघुवित्त, घलेम्दी हाइड्रो, हिमालयन लघुवित्त वित्तीय संस्थासहित ४ कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ।

कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार १ अर्ब १९ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम एक सातायताकै न्यून हो।