BIZMANDU
www.bizmandu.com

रसियाबाट बाहिरिने बर्गर किङको घोषणा एक वर्ष नाघ्दा पनि पूरा भएन, फुड चेनको आलोचना

२०८० असोज १६

रसियाबाट बाहिरिने बर्गर किङको घोषणा एक वर्ष नाघ्दा पनि पूरा भएन, फुड चेनको आलोचना
रसियाबाट बाहिरिने बर्गर किङको घोषणा एक वर्ष नाघ्दा पनि पूरा भएन, फुड चेनको आलोचना


सन् २०२२ को मार्चमा फुड चेन बर्गर किङले रसियाबाट आफ्नो आउटलेट हटाउने भनेर घोषणा गरेको थियो। तर सो घोषणा भएको एक वर्ष नाघिसक्दा पनि बर्गर किङले रसिया छाडेको छैन।

Tata
GBIME
NLIC

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै युद्ध सुरु भएपछि पश्चिमा देशका कम्पनीहरु रसियाबाट पलायन भइरहेका छन्। बर्गर किङले पनि त्यही क्रमको पालना गर्दै रसिया छाड्ने बताएको थियो। तर अहिले सो कम्पनीमा १५ प्रतिशत सेयर स्वामित्व रहेको रेष्टुरेन्ट ब्रान्ड इन्टरनेश्नल (आरबीआई) ले रसिया छाडेको छैन।

कम्पनीले अहिले तत्कालै रसियाबाट बाहिरिने कुनै तय मिति नभएको जनाएको छ। आलोचकहरुले भने आरबीआईमाथि सेयर फिर्ता नलिएर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तालाई कायम राख्न सहयोग गरिरहेको आरोप लगाइरहेका छन्। अन्य पश्चिमा ब्रान्डले रसिया छाड्दा बर्गर किङले छाड्न आनाकानी गरिरहेको उनीहरुको बुझाइ छ। केएफसी, म्याक डोनल्ड्ससहित अन्य कम्पनीले स्थानीय संचालकलाई सेयर बिक्री गरेर रसियाबाट बाहिरिएको भन्दै आरबीआईमाथि प्रश्न उठिरहेको छ।

आरबीआई विश्वको ठूलो फास्टफुड रेष्टुरेन्ट कम्पनी मध्ये एक हो। रसियाबाट बाहिरिने निर्णय गरे पनि फ्रान्चाइज सम्झौतामा रहेका केही गाह्रा प्रावधानका कारण घोषणा अनुसार काम हुन नसकेको आरबीआईले जनाएको छ।

आरबीआईका अध्यक्ष डेभिर सेरले १५ प्रतिशत सेयर फिर्ता लिएर बाहिरिने प्रक्रिया छिट्टै टुंगिने बताएका छन्। आलोचना भइरहँदा कम्पनीले भने आफूहरुले रसियामा थप लगानी नगरेको र सन् २०२२ यता नाफा पनि नकमाएको जनाएको छ।

रसियामा बर्गर किङ फ्रान्चाइजको स्वामित्व आरबीआईसँगै अन्य ३ पार्टीहरुसँग छ। व्यापारी एलेक्सजेन्डर कोबोलो, आइसीयु ग्रुप र भीटीबी क्यापिटलको सेयर सो फ्रान्चाइजमा छ। सम्झौता अनुसार आरबीआई एक्लैले चाहँदैमा फ्रान्चाइज बन्द गर्न नसकिने कानुनी सल्लहकारहरुले बताएका छन्।