BIZMANDU
www.bizmandu.com

सानिमा माई हाइड्रोको लाभांश दर पोहोरभन्दा दोब्बर, डाक्यो साधारण सभा

२०८० असोज १६

सानिमा माई हाइड्रोको लाभांश दर पोहोरभन्दा दोब्बर, डाक्यो साधारण सभा
सानिमा माई हाइड्रोको लाभांश दर पोहोरभन्दा दोब्बर, डाक्यो साधारण सभा

काठमाडौं। सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई पोहोरभन्दा दोब्बर लाभांश दिने भएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश दिने भएको हो।

Tata
GBIME
Nepal Life

त्यस अघि ५.२६ प्रतिशत लाभांश दिएको थियो। यसपटक कुल लाभांश मध्ये १० प्रतिशत बोनस सेयर दिँदैछ।

बाँकी कर प्रयोजनका लागि नगद हो। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको हो।

हाल हाइड्रोको चुक्ता पुँजी ३ अर्ब ८ करोड रुपैयाँ छ। बोनस सेयर थपिएसँगै चुक्ता पुँजी ३० करोड ८९ लाख रुपैयाँले बढ्नेछ। 

लाभांश अनुमोदन गर्न कम्पनीले कात्तिक २३ गते साधारण सभा पनि डाकेको छ। र असोज २४ गते बुक क्लो तय गरेको हो।