BIZMANDU
www.bizmandu.com

म्याद सकिएको मदिरा बेच्ने स्टोरमाथि महानगरको एक्सन, दुई लाख जरिवाना तिरायो

२०८० असोज १६

म्याद सकिएको मदिरा बेच्ने स्टोरमाथि महानगरको एक्सन, दुई लाख जरिवाना तिरायो
म्याद सकिएको मदिरा बेच्ने स्टोरमाथि महानगरको एक्सन, दुई लाख जरिवाना तिरायो


काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं २६ स्थित न्यू भिम स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

Tata
GBIME
NLIC

सोमबार बजार अनुगमनका क्रममा उक्त स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ।

महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ।

विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो।