BIZMANDU
www.bizmandu.com

चीनमा भारतविरुद्ध भिड्दै नेपाल: टस हारेर बलिङमा, कोको छन् प्लेइङ ११ मा?

२०८० असोज १६

चीनमा भारतविरुद्ध भिड्दै नेपाल: टस हारेर बलिङमा, कोको छन् प्लेइङ ११ मा?
चीनमा भारतविरुद्ध भिड्दै नेपाल: टस हारेर बलिङमा, कोको छन् प्लेइङ ११ मा?

काठमाडौं । नेपाली क्रिकेट टोली टस हारेर बलिङमा उत्रने भएको छ। चीनमा जारी एसियन गेम्स अन्तर्गत क्रिकेटमा भारतले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

खेल झेजिआङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा पौने ७ बजे सुरु हुनेछ।

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सोझै क्वाटर फाइनलबाट खेल्न लागेको हो।

भारतीय टोलीविरुद्ध पछिल्लो तीन महिनामा नेपालको यो तेस्रो भेट हुनेछ। यसअघि इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँग नेपाली टोलीले प्रतिस्पर्धा गरेको थियो। त्यस्तै एसिया कपमा रोहित शर्माको कप्तानी रहेको भारतविरुद्धको एकदिवसीय खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो।

अब एसियन गेम्समा लयलाई निरन्तरता दिँदै भारतविरुद्ध मैदान उत्रने तयारीमा छ नेपाल। टी-२० अन्तर्राष्ट्रिय मान्यताप्राप्त यो खेलमा नेपालले आईपीएलमा सशक्त प्रदर्शन गरिरहेका युवा खेलाडीले भरिएको भारतीय टोलीलाई चुनौती प्रस्तुत गर्नेछ।

नेपाल प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, सुन्दिप जोरा, गुलसन झा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा, सन्दीप लामिछाने

भारत प्लेइङ ११

रुतुराज गाइक्वड (कप्तान), यशस्वी जसवाल, तिलक वर्मा, जितेश शर्मा, रिंकु सिंह, साइ किशोर, शिवम दुबे, वासिंटन सुन्दर, रवि विश्नोइ, आभेस खान, अस्रदीप सिंह