काठमाडौं। सशस्त्र प्रहरीले भारतीय १० लाख रुपैयाँ तीन जनालाई पक्राउ गरेको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा भारत घर भएका राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षिय अभिनव जैसवाल र ३४ वर्षिय आस्तिक त्रिपाठी रहेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको डिएसपी थापाले बताए।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ।