BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री महतले भने-‘नियामकको माइक्रो म्यानेजमेन्टले सेयर बजार प्रभावित भयो’

२०८० असोज १५

अर्थमन्त्री महतले भने-‘नियामकको माइक्रो म्यानेजमेन्टले सेयर बजार प्रभावित भयो’
Nepal BUDGET 2080-81 Finance Minister Dr. Prakash Sarad Mahat walks for the speech of new government's budget for the fiscal year 2023-24 at the Parliament House in Kathmandu, Nepal on Sunday 29 May 2023. The Nepal government has unveiled a budget of Rs17 Kharba 51 arba for the fiscal year 2023-24. Photo-Prabin Ranabhat


काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकायले माइक्रो म्यानेजमेन्ट गर्दा सेयर बजार प्रभावित भएको बताएका छन्। उनले घुमाउरो रुपमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ईंगित गर्दै यो धारणा राखेका हुन्।

Tata
GBIME
NLIC

राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ करोडको सीमा ल्याएपछि बजार घटेको थियो। अर्थमन्त्री महतले यो सीमा हटाउन धेरै पटक गभर्नरलाई आग्रह गरिसकेका छन्। उनले भने, ‘अहिले बजार घटिरहेको छ। नियामकको केही माइक्रोम्यानेजमेन्टले बजार प्रभावित भइरहेको छ। त्यसमा छिट्टै केही निर्णय आउँछ।’

उनले सेयर बजारबाट केही सीमित लगानीकर्ताहरुले मात्र फाइदा लिइरहेको बताए।

‘सेयर बजारमा केही सीमित लगानीकर्ताहरु जसले बजार बुझेका छन्‚ उनीहरुले मात्र फाइदा उठाउने, उतारचढाव गराउने गरेकाले आम साधारण लगानीकर्ता अन्योलमा पर्ने गरेका छन्,’ उनले भने,’त्यसैले सेयर बजारलाई स्वस्थकर बनाएर आम लगानीकर्ताको लगानी सुरक्षित बनाउनु पर्छ।’