BIZMANDU
www.bizmandu.com

शाहरुख अभिनीत ‘जवान’ले घरेलु बक्स अफिसमा कमायो ६०० करोडभन्दा बढी

२०८० असोज १५

शाहरुख अभिनीत ‘जवान’ले घरेलु बक्स अफिसमा कमायो ६०० करोडभन्दा बढी
Photo: Shah Rukh Khan/Twitter

शाहरुख खान अभिनीत फिल्म ‘जवान’ले रिलिज भएको २५औँ दिनमा भारतमा ८ करोड भारतीय रुपैयाँ कमाएको छ। ‘जवान’ केही समयअघि मात्रै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको थियो

Tata
GBIME

एटली निर्देशिन ‘जवान’ले घरेलु तथा विश्‍वव्यापी बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। स्याकनिल्क डटकमका अनुसार ‘जवान’ले भारतमा हालसम्म ६०० करोड भारुभन्दा बढीको व्यापार गरेको छ।

रिपोर्टहरुका अनुसार ‘जवान’ले पहिलो हप्ता हिन्दी तमिल र तेलुगु गरी ३८९.८८ करोड भारु तथा दोस्रो हप्ता १३६.१ करोड भारु र तेस्रो हप्ता ५५.९२ करोड भारु कमाएको थियो।

फिल्मले हालसम्म घरेलु बक्स अफिसबाट ६०४.२५ करोड भारु कमाएको छ। विश्‍वव्यापी बक्स अफिसमा फिल्मको कमाइ आइतबारसम्म १०६८.५८ करोड भारु रहेको छ।

फिल्ममा शाहरुखसँगै नयनतारा र विजय सेतुपतीको मुख्य भूमिका छ।