BIZMANDU
www.bizmandu.com

विदेशी पर्यटकको संख्या ५७ प्रतिशतले बढ्यो, सेप्टेम्बरमा हवाइ मार्गबाट आए ९१ हजार

२०८० असोज १४

विदेशी पर्यटकको संख्या ५७ प्रतिशतले बढ्यो, सेप्टेम्बरमा हवाइ मार्गबाट आए ९१ हजार
विदेशी पर्यटकको संख्या ५७ प्रतिशतले बढ्यो, सेप्टेम्बरमा हवाइ मार्गबाट आए ९१ हजार


काठमाडौं। नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार यो वर्ष सेप्टेम्बरसम्म हवाइ मार्ग हुुँदै ७ लाख ८२ हजार ३७२ पर्यटक भित्रिएका हुन्।

Tata
GBIME
NLIC

सेप्टेम्बरमा मात्रै ९१ हजार १२ पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सेप्टेम्बरको तुलनामा ५७ प्रतिशतले बढी हो। सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६०४ पर्यटक नेपाल आएकामा त्यसपछि कोभिडका कारण संख्या घट्न पुगेको थियो। २०२० को सेप्टेम्बरमा जम्मा ५८४ र २०२१ को सेप्टेम्बरमा ९ हजार ९०७ पर्यटक नेपाल आएका थिए।

यो वर्ष सेप्टेम्बरमा भारतबाट सबैभन्दा बढी २८ हजार ६४२ पर्यटक आएका छन्। यस्तै चीनबाट आउनेको संख्या ८ हजार १७४ हो। अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट ३ हजार ७१६ र अष्ट्रेलियाबाट ३ हजार ६८५ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

धेरै पर्यटक नेपाल आउने देशको सूचीमा १० औं नम्बरमा इजरायल छ। सेप्टेम्बरमा १ हजार ७०६ इजरायलीले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांक छ।