BIZMANDU
www.bizmandu.com

दसैंको अफरले यामाहाको भन्दा सस्तो बन्यो अप्रिलिया स्कुटर, एउटै स्कुटरमा ४० हजार नगद छुट

२०८० असोज १४

दसैंको अफरले यामाहाको भन्दा सस्तो बन्यो अप्रिलिया स्कुटर, एउटै स्कुटरमा ४० हजार नगद छुट
दसैंको अफरले यामाहाको भन्दा सस्तो बन्यो अप्रिलिया स्कुटर, एउटै स्कुटरमा ४० हजार नगद छुट

काठमाडौं। भेस्पा र अप्रिलियाको नयाँ आधिकारिक बिक्रेता डुगर ब्रदर्स एण्ड सन्स प्रा लिले दसैं अफरमा यामाहाभन्दा अप्रिलिया स्कुटर सस्तो दरमा ल्याएको छ।

Tata
GBIME
NLIC

कम्पनीले सार्वजनिक गरेको दसैंतिहार अफर योजनामा प्रत्येक अप्रिलिया स्कुटरको खरिदमा ४० हजार नगद छुट स्किम ल्याएको छ। जसका कारण अप्रिलियाको स्कुटरहरु यामाहाको भन्दा धेरै सस्तो भएका हुन।

कम्पनीको अनुसार अप्रिलियाको स्ट्रोम १२५ स्कुटरको मूल्य नगद छुट भएपछि २ लाख ३३ हजार ९०० रुपैयाँ कायम भएको छ। तर यामाहाको फ्यासिनो १२५ सीसी मोडलको २ लाख ७६ हजार ९०० रुपैयाँ कायम छ।

यस्तै यी दुबै ब्रान्डको सबैभन्दा महँगो मोडलको स्कुटरहरुमा पनि केही मूल्य फरक छन्। जसमा अप्रिलिया एसआर १५० मोडलको २ लाख ९४ हजार ९०० रुपैयाँ छ भने यामाहाको रेज जेडआर डिस्क प्रिमियम प्लस हाइब्रिडको ३ लाख ४ हजार ९०० रुपैयाँ रहेको छ।

यसैगरी अप्रिलियाको एसआर १२५ मोडलको २ लाख ४३ हजार ९०० रुपैयाँ तोकिएको छ। तर रेज जेड आर ड्रम १२५ सीसीको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ कायम छ।

यो छुट अवधि सीमित समयको लागि मात्र रहेको कम्पनीले जनाएको छ।