BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले कर्पोरेट भवन बनाउन ६.६ रोपनी जग्गा किन्दै, मूल्य १ अर्ब २१ करोड

२०८० असोज १४

एनएमबी बैंकले कर्पोरेट भवन बनाउन ६.६ रोपनी जग्गा किन्दै, मूल्य १ अर्ब २१ करोड
एनएमबी बैंकले कर्पोरेट भवन बनाउन ६.६ रोपनी जग्गा किन्दै, मूल्य १ अर्ब २१ करोड

काठमाडौं। एनएमबी बैंकले १ अर्ब २१ करोड रुपैयाँ बराबरको जग्गा किन्ने भएको छ। बैंकले कर्पोरेट कार्यालय निर्माण गर्नका लागि सो मूल्य बराबरको जग्गा खरिद गर्न लागेको हो।

Tata
GBIME

बैंकको सञ्चालक समितिले जग्गा खरिदको निर्णय गरिसकेको छ। सञ्चालक समितिले जग्गामा रहेको संरचना पनि खरिद गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

उसले काठमाडौं महानगरपालिका-१ मा अवस्थित ६.६ रोपनी जग्गा किन्ने निर्णय गरेको हो। जग्गा आफ्नो नाममा नामसारी भएपछि १ अर्ब २१ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्ने बैंकले जनाएको छ।