BIZMANDU
www.bizmandu.com

नेप्से घट्न थालेपछि हाइड्रोबाट उम्किनेहरु ह्वात्तै बढे, तैपनि सयपत्री हाइड्रोमा भने सर्किट

२०८० असोज १४

नेप्से घट्न थालेपछि हाइड्रोबाट उम्किनेहरु ह्वात्तै बढे, तैपनि सयपत्री हाइड्रोमा भने सर्किट
नेप्से घट्न थालेपछि हाइड्रोबाट उम्किनेहरु ह्वात्तै बढे, तैपनि सयपत्री हाइड्रोमा भने सर्किट

काठमाडौं। नेप्सेले दुईवटा कारोबारमै ५० अंकभन्दा बढी गुमाएको छ। गत बुधबार १८.६१ अंक घटेको नेप्से सूचक आइतबार ३३.२ अंकले ओर्लियो। १९७१ को विन्दुमा सीमित छ।

Tata
GBIME

१२ करोडको सीमा हट्ने अनुमानले केहीबेर सकारात्मक रहेको सेयर बजारमा प्रोफिट बुकिङ सुरु भएको देखिन्छ। हाइड्रो सेक्टरबाट उम्किनेहरु ह्वात्तै बढेका छन्। झन्डै साढे ३ प्रतिशतको दरले समूह घट्यो।

फाइनान्स पनि भारी दरमा घटेको छ। बैंकिङ समूह स्वयंम आज एक प्रतिशतभन्दा बढीले घट्यो। जसले समग्र बजारमा दबाब थपेको हो।

आइतबार हाइड्रो समूह उल्लेख्य रुपमा घट्दा पनि सयपत्री हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ३९ प्रतिशत बढ्यो। सँगै पिपुल्स हाइड्रोको सेयर मूल्य पनि ६ प्रतिशत उचालिएको छ।

सूचीकरण पछिको पहिलो कारोबारमै सिटिजन्स लाइफ घटेर सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य नेप्सेले दिएको ओपनिङ रेन्जको माथिल्लो सीमा छुन नपाउँदै भारी दरमा घटेको छ। 

४५७ रुपैयाँमा अन्तिम कारोबार भयो। कम्पनीले २४४ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो।