चितवन। भरतपुर महानगरपालिकाले नगर प्रहरीको संख्या थप्न आवेदन माग गरेको छ। नगर प्रहरी नायब उपरीक्षकदेखि जवानसम्मका लागि ३० जना माग गरेको हो।
महानगरले प्रकाशित गरेको सूचनाअनुसार नगर प्रहरी नायब उपरीक्षक १ जना, प्रहरी नायब निरीक्षक १ जनासहित ३० जना माग गरिएको छ। सबैभन्दा धेरै जवान खुलातर्फ १३ जना माग गरेको छ।
यस्तै, महिला प्रहरी जवान ३ जना, दलित ३ जना, आदिवासी जनजाति ३ जना, थारु २ जना र मधेसी १ जनाको आवेदन माग गरेको छ।
नगर प्रहरीको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीमा काम गरिसकेका अनुभवी मागिएको छ। योसँगै भरतपुर महानगर नगर प्रहरीको कमाण्ड डीएसपीको हुनेछ। यसअघि प्रहरी निरीक्षक इन्स्पेक्टरको कमाण्डमा थियो।
छनोटका लागि शारीरिक तन्दुरुस्ती र आत्मबल परीक्षणमा दौड २ सय मिटर, हाईजम्प र लङजम्प, सिटअप, पुसअप र चीन अप गर्नुपर्ने महानगरको सूचनामा उल्लेख छ।
असोज २९ गतेसम्म आवेदन दिन सकिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ। थप जानकारी महानगरपालिकाको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।