BIZMANDU
www.bizmandu.com

मौसम पूर्वानुमान : अझै मनसुनको प्रभाव जारी, आज देशभर बदली

२०८० असोज १४

मौसम पूर्वानुमान : अझै मनसुनको प्रभाव जारी, आज देशभर बदली
मौसम पूर्वानुमान : अझै मनसुनको प्रभाव जारी, आज देशभर बदली


काठमाडौं । नेपालमा अझै मनसुनको प्रभाव कायमै छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

आज बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ‍।

आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।