BIZMANDU
www.bizmandu.com

एनएसएल अक्सनमा धेरै खर्च गर्नेमा ललितपुर कममा पोखरा, कस्ता बने टिम?

२०८० असोज १३

एनएसएल अक्सनमा धेरै खर्च गर्नेमा ललितपुर कममा पोखरा, कस्ता बने टिम?
एनएसएल अक्सनमा धेरै खर्च गर्नेमा ललितपुर कममा पोखरा, कस्ता बने टिम?

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि शनिबार अक्सन सम्पन्न भएको छ। शुक्रबार नै अधिकांश क्लबहरुले प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गरिसकेका थिए। त्यस्तै केही क्लबहरुले विदेशी खेलाडी पनि सार्वजनिक गरिसकेका छन्।

Tata
GBIME
NLIC

शनिबार सम्पन्न अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ वर्गमा वर्गीकरण गरेका नेपाली खेलाडीहरुका लागि क्लबहरु हायत प्लेसमा भीडे।

कुन क्लबले कति खर्चिए?

वीरगंज युनाइटेड

नवप्रवेशी वीरगंज युनाइटेड एफसीले १९ लाख ७० हजार अक्सनमा खर्चिँदा ५ लाख ३० हजार बचत गर्‍यो। सनोज श्रेष्ठको प्रशिक्षणमा मार्की खेलाडी गोलकिपर दीप कार्कीलाई अनुबन्धित गरेको युनाइटेडले ‘ए’ ग्रेडका तीन जना, ‘बी’का ६ र ‘सी’का चार खेलाडी अनुबन्धित गर्‍यो। यसक्रममा सुदीप गुरुङ र सीमान्त थापालाई बिडिङ गरेर सर्वाधिक ३ लाख ५० हजारका दरले खर्चियो।

टिम वीरगंज

दीप कार्की (मार्की खेलाडी), सुरज गुरुङ, बिसन गुरुङ, शत्रुघनकुमार चौधरी, सुनिल खड्का, हरिशराज भट्ट, सुशील लामा, सुवास गुरुङ, सिमान्त थापा, जय गुरुङ, दिवाकर चौधरी, सुदीप गुरुङ, युवराज खड्का, दिपकराज सिंह

बुटवल लुम्बिनी एफसी

एरिक विष्टलाई मार्की खेलाडीका रुपमा अनुबन्धित गरेको बुटवल लुम्बिनी एफसीले अक्सनमा १६ लाख ७० हजार रुपैयाँ मात्र खर्च गरेको छ। यसो गर्दा उसको पर्समा ८ लाख ३० हजार बाँकी रहन्छ। कम खर्च गरेका कारण कारबाहीमा परेका दुईमध्ये एक क्लब बुटवल लुम्बिनी पनि हो। न्युनतम लिमीट पनि खर्च गर्न नसकेको कारण बुटवल लुम्बिनी १ लाख ३० हजार फाइनमा परेको छ।

विजय महर्जनलाई मुख्य प्रशिक्षकका रुपमा अनुबन्धित गरेको बुटवलले ‘ए’ ग्रेडका तीन, ‘बी’का ६ र ‘सी’का ४ जना खेलाडी अनुबन्धित गर्‍यो। यस क्रममा सबैभन्दा धेरै डेढ लाख रुपैयाँ पाँच जनामाथि खर्चियो। जसमा असिम भुसाल, मणिकुमार लामा, अशोक थापा, निराजन धामी, पासाङ लामा, जिलेस्पीजंग कार्की र प्रकाश बुढाथोकी छन्।

क्लबले क्रिकेट लेजेन्ड शक्ति गौचनलाई ब्रान्ड एम्बेस्टरका रुपमा अनुबन्धित गरेको छ।

टिम बुटवल

एरिक विष्ट (मार्की खेलाडी), असिम भुसाल, जन्मेजय धामी, सरोज तामाङ, मणिकुमार लामा, अशोक थापा, मनग्य नकर्मी, निराजन धामी, पासाङ लामा, निशान राना, चन्दनकुमार दास, गौरव श्रेष्ठ, प्रकाश बुढाथोकी र जिलेस्पीजंग कार्की।

एफसी चितवन

‘ए’ डिभिजन लिग जायन्ट मछिन्द्र क्लबको कप्तानी सम्हाल्दै आएका विशाल श्रेष्ठ चितवनका मार्की खेलाडी हुन्। चितवनले अक्सनमा १८ लाख २० हजार रुपैयाँ खर्च गर्दा पर्समा बाँकी ६ लाख ८० हजार रह्यो।

चितवनले ‘ए’ ग्रेडका ३, ‘बी’का ६ र ‘सी’का ४ जना खेलाडी लियो। सबैभन्दा धेरै खर्चिएको खेलाडी छिरिङ गुरुङ रहे। उनका लागि ३ लाख ५० हजार खर्चिएर बिडिङबाट जित्यो।

पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई रेलिगेशनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेका घानाका खेलाडी टोरिक जेब्रिन र रफिक अमिनुलाई विदेशी खेलाडीका रुपमा चितवनले अनुबन्धन गरेको छ। त्यस्तै प्रशिक्षकमा भारतका खालिद जमिललाई अनुबन्धन गरेको छ।

टिम एफसी चितवन

विशाल श्रेष्ठ (मार्की खेलाडी), अमृत श्रेष्ठ, एकराज बुढाथोकी, प्रदीप भण्डारी, राजेश परियार, रोशन रानामगर, बुद्ध तामाङ, हेम तामाङ, उत्सव राई, विक्रम धिमाल, शरणविक्रम सिंह बस्नेत, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ र पुस्कर खड्का

ललितपुर सिटी एफसी

अक्सनमा सबैभन्दा बढी खर्च गर्ने क्लब बन्यो ललिपुर सिटी एफसी। चर्च ब्वाइजलाई ‘ए’ डिभिजन लिग च्याम्पियन बनाउन कप्तानका रुपमा महत्वपूर्ण भूमिका खेलेका अनन्त तामाङ ललितपुरका मार्की खेलाडी हुन्।

ललितपुर कुल २४ लाख २० हजार खर्च गर्दै मात्र ८० हजार उबार्‍यो। यस क्रममा ‘ए’ ग्रेडका ३, ‘बी’का ७ र ‘सी’का ४ जना खेलाडी किन्यो।

ललितपुरले ‘ए’ ग्रेडका तीन जना खेलाडी सनिस श्रेष्ठ, दिने हेन्जन र शेशेहाङ आङदेम्बेमाथि ३ लाख ५० हजार रुपैयाँ खर्चियो।

टिम ललितपुर

अनन्त तामाङ (मार्की खेलाडी), विवेक पौडेल, अनिल राई, करण रावत, सञ्चित राई, आदित्य शाक्य, अनिल महर्जन, सनिस श्रेष्ठ, दिनेस हेन्जन, निरज चौधरी, रोशन पहारी, विशाल सुनार, शेशेहाङ आङदेम्बे, प्रवेश कुँवर र विजय श्रेष्ठ

धनगढी एफसी

पहिलो संस्करणको एनएसएलको उपविजेता धनगढी एफसीले मार्की खेलाडीका रुपमा युवा खेलाडी आशीष चौधरीलाई अनुबन्धित गरेको छ।

अक्सनमा धनगढीले १९ लाख १० हजार खर्चिँदा पर्समा बाँकी ५ लाख ९० हजार रह्यो। यस क्रममा ‘ए’ ग्रेडका ३, ‘बी’का ६ जना र ‘सी’ का ४ जना खेलाडी अनुबन्धित गर्‍यो।

सबैभन्दा धेरै पैसा कृतिस रत्न छुन्जुमाथि ३ लाख ५० हजार खर्चियो। धनगढीको प्रशिक्षकमा  युगलकिशोर राई छन्।

टिम धनगढी

आशीष चौधरी (मार्की खेलाडी), साइमन लिम्बू, निशान लिम्बू, मिलन राई, सुरेश कुमाल, रन्दिप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टिकेन्द्रसिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिशेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजी

काठमाडौँ रेजर्स

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले मार्की खेलाडीका रुपमा यस पटक हिसुब थपलियालाई अनुबन्धित गरेको छ।

अक्सनमा काठमाडौंले २० लाख १० हजार खर्च गर्दा पर्समा बाँकी ४ लाख ९० हजार रह्यो। यस क्रममा ‘ए’ ग्रेडका ३, ‘बी’का ७ जना, सी ग्रेडका ४ जना खेलाडी काठमाडौंमा अनुबन्धित भए।

काठमाडौंले सबैभन्दा धेरै दिपेश गुरुङमाथि ३ लाख ५० हजार खर्चियो।

टिम काठमाडौँ रेजर्स

हिसुब थपलिया (मार्की खेलाडी), कुलदीप कार्की, जियारत शेख, राजीप लोप्चन, अमित तामाङ, महेन्द्र कार्की, खामीर गिल्सन कान्दाङ, प्रशान्त अवस्थी, राजाबावु थापा, सुशील कुमार यादव, रोहन खड्गी, मौसम सुब्बा, दिपेश गुरुङ, अञ्जन राई र अभिषेक बराल

स्पोर्टिङ इलाम डी मेची

नवप्रवेशी स्पोर्टिङ इलामले विकेश कुथुलाई मार्की खेलाडी र मेघराज केसीलाई प्रशिक्षकमा अनुबन्धित गरेको छ।

अक्सनमा इलामले २० लाख ७० हजार खर्च गरेर पर्समा ४ लाख ३० हजार बाँकी राख्यो। यस क्रममा ‘ए’ ग्रेडका ३, ‘बी’का ७ र ‘सी’का ४ जना खेलाडी अनुबन्धित गर्‍यो।

यस क्रममा सबैभन्दा धेरै आशीष गुरुङमाथि ३ लाख ५० हजार खर्चियो।

टिम स्पोर्टिङ इलाम

विकेश कुथु (मार्की खेलाडी), समित श्रेष्ठ, सन्तोष कार्की, आशीष राई, सन्तोष महत, सुरज बस्नेत, आशीष चापागाईं, विमल पाण्डे, सौरभ लिम्बू, भरत खवास, दिपेश घले, विराज महर्जन, जितेन्द्र कार्की, आशीष गुरुङ, नविन लामा

झापा एफसी

नवप्रवेशी झापा एफसीले मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका स्टार विंगर अन्जन विष्टलाई अनुबन्धित गरेको छ।

अक्सनमा २० लाख ५० हजार खर्चिँदै पर्समा ४ लाख ५० हजार बचत गर्‍यो। झापाले ‘ए’ ग्रेडको ३ जना, ‘बी’ ग्रेडको ६ जना र ‘सी’ ग्रेडबाट ४ जना खेलाडी अनुबन्धित गर्‍यो।

झापाले सबैभन्दा धेरै मूल्य राष्ट्रिय टोली तथा थ्री स्टार क्लबका मिडफिल्डर लाकेन लिम्बूमाथि खर्चियो। उनलाई बिडिङबाट ३ लाख ५० हजार खर्चिएर अनुबन्धित गर्‍यो। १३ जना मध्ये ८ खेलाडी बिडिङबाट जितेको झापा भाग्यमानी ठहरियो।

टिम झापा

अन्जन विष्ट (मार्की खेलाडी), अनिष देउला, प्रदीप लामा, भरत चौधरी, प्रशान्त लक्षम लिम्बू, योगेश गुरुङ, अशोक खवास, सुदीप श्रेष्ठ, लक्ष्मण रुचाल, लाकेन लिम्बू, समीराज थोकर, सुरज विष्ट, छिरिङ लामा र सुमित श्रेष्ठ

पोखरा थण्डर्स

अक्सनमा सबैभन्दा कम खर्च गर्ने टोली बन्यो पोखरा थण्डर्स। आयुश घलान मार्की खेलाडी रहेको पोखराले १५ लाख ६० हजार खर्च गर्दै ९ लाख ४० हजार उबार्‍यो। नियमअनुसार न्युनतम १८ लाख खर्च गर्नुपर्ने भए पनि त्यो नगरेपछि पोखरा २ लाख ४० हजार जरिवानामा परेको छ।

पोखराले ‘ए’ ग्रेडका ३ जना, ‘बी’ ग्रेडका ६ जना, ‘सी’ ग्रेडका ४ जना खेलाडी अनुबन्धित गर्‍यो। सबैभन्दा धेरै १ लाख ५० हजार ४ जना खेलाडीमा खर्चियो। जसमा अन्जल महर्जन, सुरजजिउ ठकुरी, सञ्जीव विष्ट र पुजन होना रहेका छन्।

टिम पोखरा थण्डर्स एफसी

आयुश घलान (मार्की खेलाडी), पुजन होना, दिपेश आलेमगर, अनिष पोमु लिम्बू, पदम भट्टराई, नरेन्द्र चौधरी, अञ्जल महर्जन, पदमकुमार तामाङ, सुरजजिउ ठकुरी, कमलबहादुर थापा, सञ्जीव विष्ट, सुनिल घलान, जीवन गुरुङ र विपीन कँणेल