BIZMANDU
www.bizmandu.com

एक महिनाको अन्तरालमा ग्यासको मूल्य ४५० रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ

२०८० असोज १३

एक महिनाको अन्तरालमा ग्यासको मूल्य ४५० रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ
एक महिनाको अन्तरालमा ग्यासको मूल्य ४५० रुपैयाँले बढ्यो, अब प्रतिसिलिन्डर दुई हजार ११० रुपैयाँ


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले खाना पकाउने एलपी ग्यासमा फेरि एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले भाउ बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले शनिबार रातिबाट लागू हुनेगरी मूल्य बढाएको हो।

Tata
GBIME
NLIC

एक महिनाको अवधिमा ग्यासको मूल्य भारी रुपमा बढाइएको यो दोस्रो पटक हो। यसअघि भदौ १५ गते निगमले २३५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य बढाएको थियो। साविकमा एक हजार ८९५ रुपैयाँ प्रतिसिलिन्डरमा ग्यासको कारोबार भइरहेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ। यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढाएको छ। यसअघि भदौ १५ मा पनि निगमले पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले मूल्य बढाएको थियो।

हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर ८ रुपैयाँ) ले मूल्य बढाएको हो।