BIZMANDU
www.bizmandu.com

करिब तीन किलो सुनसहित विमानस्थलबाट विदेशी महिला पक्राउ, प्रहरीले लगायो भन्सारको जिम्मा

२०८० असोज १३

करिब तीन किलो सुनसहित विमानस्थलबाट विदेशी महिला पक्राउ, प्रहरीले लगायो भन्सारको जिम्मा
करिब तीन किलो सुनसहित विमानस्थलबाट विदेशी महिला पक्राउ, प्रहरीले लगायो भन्सारको जिम्मा

काठमाडौं। झन्डै तीन किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ परेकी छन्। फ्लाई दुबईबाट नेपाल आएकी महिलालाई विभानस्थल प्रहरीले पक्राउ गरेको हो। २ किलो ७०० ग्राम सुनसहित ती महिला समातिएको प्रहरीले जनाएको छ।

Tata
GBIME

शंका लागेर प्रहरीले चेकजाँच गर्दा सुन फेला परेको हो। महिलालाई प्रहरीले विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको छ।
पछिल्लो समय विमानस्थलस्थलसहित विभिन्न नाकाबाट सुन समातिने क्रम बढेको छ। रसुवा, दोलखाबाट पनि हालै सुन समातिएको छ।
यसअघि साउन २ गते विभानस्थलबाटै राजस्व अनुसन्धान विभागको टोलीले सुन समातेको थियो। उक्त सुन ६१ किलो परिमाणको थियो।