BIZMANDU
www.bizmandu.com

चीनसँगका सबै नाका खोल्ने सहमति भएको छ‚ केही व्यवस्थित हुनेछन् – प्रधानमन्त्री दाहाल  

२०८० असोज १३

चीनसँगका सबै नाका खोल्ने सहमति भएको छ‚ केही व्यवस्थित हुनेछन् – प्रधानमन्त्री दाहाल  
k|d k|r08–e|d0faf/] hfgsf/L c;f]h !# sf7df8f}F M ;+o'Qm /fi6«;ª3sf] dxf;ef / rLgsf] cf}k/rfl/s ed0f ;s]/ zlgaf/ g]kfn kms{g'ePsf k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú kqsf/x?nfO{ e|d0fsf] af/]df hfgsf/L u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷k|wfgdGqLsf] ;lrjfno


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीन बीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन्।

Tata
GBIME
NLIC

चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए।

केही नाकालाई व्यवस्थित गर्न चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालले बताए। ‘वैधानिक ढंगले सबै नाका खोल्ने सहमति भएको छ। केही नाका अनुदानमा बनाइदिन्छौं भन्ने सहमति भएको छ,’ उनले भने।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए। आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।

चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।    

आफू देश बाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा दाहालले धन्यवाद दिए। रासस