BIZMANDU
www.bizmandu.com

न्यारोबडी जहाज उडाउन व्यवस्थापनको दबाब, मापदण्ड नमिच्न प्राविधिक टोलीको रस्साकस्सी

२०८० असोज १३

न्यारोबडी जहाज उडाउन व्यवस्थापनको दबाब, मापदण्ड नमिच्न प्राविधिक टोलीको रस्साकस्सी
नेपाल एयरलाइन्सको न्यारोबडी विमान। फाइल तस्बिर।

काठमाडौं। नेपाली वायुसेवा निगम व्यवस्थापनले आफ्नो इन्जिनियरिङ विभागलाई शुक्रबार रातिदेखि रिभर्सलमा समस्या आएको ९एन-एकेडब्लु जहाज तत्काल उडान गर्न दबाब दिएको छ।

Tata
GBIME

‘मौसमी मापदण्डअनुसार नागरिक उड्‍डयन प्राधिकरणले हरेक अवतरणमा रिभर्सल अनिवार्य हुन आवश्यक छ भनेको छ,’ एक कर्मचारीले भने, ‘तर माथिबाट आज तत्काल उडान गर्न दबाब आइरहेको छ। इन्जिनियर मानिरहेका छैनन्।’

यो जहाज उडान नभएको अवस्थामा बिहान काठमाडौं-दिल्ली उडान रद्द हुने उनले जानकारी दिए। जुन उडानमा जाँदा ५० र आउदा १०० भन्दा बढी यात्रु रहेको उनले जानकारी दिए।

‘जहाज एओजीमा छ। आवश्यक सामान छैन। तर पनि मिनिमम इक्‍विपमेन्ट लिस्ट ‘एमइएल’मा उडान गर्न मिल्छ। तर मनसुनमा यसरी उडान गर्न मिल्दैन,’ उनले भने, ‘किताबको हिसाबले आज राति १२ बजेपछि उडान गर्न सकिन्छ तर प्राक्टिकल्ली मनसुन सकिन अझै एक साता लाग्छ।’

सामान्य पार्टपुर्जा जोहो नहुँदा यो समस्या आएको उनले जानकारी दिए। शुक्रवार रातिदेखि कुल ४ मध्ये २ वटा जहाज ग्राउन्डेड भएपछि निगमको ५ वटा उडान प्रभावित भएको हो।