BIZMANDU
www.bizmandu.com

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी, उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित

२०८० असोज १३

एमाले वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी, उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित
तस्बिर : कैलाश ढुङ्गेलको फेसबुकबाट


काठमाडौं। नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेललाई निर्वाचित गरेको छ।

Tata
GBIME
NLIC

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले ६ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भएका छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले विजयीलाई बधाई दिएका थिए। अधिवेशनमा कूल प्रतिनिधि १ हजार १ सय ७२ रहेकामा १ हजार १ सय ३१ जनाले मतदानमा भाग लिएका थिए।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए। यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सम्पन्‍न भएको थियो। रासस