BIZMANDU
www.bizmandu.com

अप्पर लाप्चे जलविद्युत आयोजनाको परामर्शदाताको जिम्मेवारी हाइड्रो कन्सल्टलाई

२०८० असोज १२

अप्पर लाप्चे जलविद्युत आयोजनाको परामर्शदाताको जिम्मेवारी हाइड्रो कन्सल्टलाई
अप्पर लाप्चे जलविद्युत आयोजनाको परामर्शदाताको जिम्मेवारी हाइड्रो कन्सल्टलाई


काठमाडौं। हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले अप्पर लाप्चे खोला जलविद्युत आयोजनाको परामर्शदाताको जिम्मेवारी पाएको छ।

Tata
GBIME
NLIC

हाइड्रो कन्सल्ट र प्रवर्द्धक कम्पनी इनर्जी भेन्चर्स प्रालिबीच यस सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। इनर्जी भेन्चर्सका अध्यक्ष महेश खरेल र हाइड्रो कन्सल्टका कार्यान्वयन महाशाखा प्रमुख सरोज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे। कम्पनीले  आयोजनाको डिजाइन रिभ्यु, टेण्डर डकुमेन्ट तयारी र डिजेल इन्जिनियरिङ डिजाइनको काम गर्नेछ।

प्रस्तावित ५२ मेगावाट क्षमताको अप्पर लाप्चे नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो। यो दोलखाको लाप्चे खोलामा निर्माण हुनेछ।

हाइड्रो कन्सल्टले अहिले एक दर्जनभन्दा बढी आयोजनामा परामर्शदाताको रुपमा काम गरिरहेको छ। यो बुटवल पावर कम्पनीको सहायक कम्पनी हो।