BIZMANDU
www.bizmandu.com

अर्थतन्त्रले लय लिन थालेको अर्थमन्त्री महतको दाबी, ‘सेयर बजारमा सुधार जरुरी छ’

२०८० असोज १२

अर्थतन्त्रले लय लिन थालेको अर्थमन्त्री महतको दाबी, ‘सेयर बजारमा सुधार जरुरी छ’
अर्थतन्त्रले लय लिन थालेको अर्थमन्त्री महतको दाबी, ‘सेयर बजारमा सुधार जरुरी छ’


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले बिस्तारै लय लिन थालेको दाबी गरेका छन्। उनले शुक्रबार काभ्रेको बनेपामा चैतन्य एकेडेमीले गरेको कार्यक्रममा अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरे।

Tata
GBIME
NLIC

‘पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो। त्यसपछि कसिलो मौद्रिक नीति आयो। जसले बैंक ब्याजदर बढायो’, उनले भने, ‘यसलाई बिस्तारै सुरक्षित अवतरण गर्नुपर्छ। यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ।’

उनले दुई वर्षअघि अस्वाभाविक ढंगले बढेको सेयर बजारमा अहिले निकै तल रहेको भन्दै सुधार जरुरी रहेको बताए। विदेशी पर्यटक बढेकाले आर्थिक गतिविधि बिस्तारै बढ्न थालेको उनको भनाइ छ। उनले यसो भने पनि दसैंको मुखमा समेत बजार सुनसानजस्तै छ।

मन्त्री महतले चाडपर्वका बेला नेपालीहरु पनि घुमघाममा निस्कने भएकाले त्यसले पनि अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए। उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले पुँजीगत बजेट खर्च गर्ने क्षमता बढाउने दाबी गरे। सरकारले यो आर्थिक वरर्ष अहिलेसम्म पुँजीगत बजेट ३ प्रतिशत मात्र खर्च गर्न सकेको छ।