BIZMANDU
www.bizmandu.com

नेपालमा बीवाइडी गाडीको ब्याट्रीमा सियोले घोचेर परीक्षण, किन गरिन्छ यस्तो परीक्षण ?

२०८० असोज १२

नेपालमा बीवाइडी गाडीको ब्याट्रीमा सियोले घोचेर परीक्षण, किन गरिन्छ यस्तो परीक्षण ?
नेपालमा बीवाइडी गाडीको ब्याट्रीमा सियोले घोचेर परीक्षण, किन गरिन्छ यस्तो परीक्षण ?


काठमाडौं। नेपालमा बीवाइडी गाडीको ब्याट्रीमा सियोले घोचेर गरिने परीक्षण(नेल पेनिट्रेसन टेष्ट) गरिएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले शुक्रबार यो परीक्षण गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले बीवाइडी हेडक्वाटरको सहयोग र बीवाइडी भारत प्राविधिक सहयोगमा ब्लेड ब्याट्रीमा यो परीक्षण भएको हो। कम्पनीको ब्लेड ब्याट्री सेप र अर्को ब्याट्री सेपलाई एकै स्थानमा राखेर परीक्षण गरिएको थियो। यो परीक्षणमा एउटा ब्लेड ब्याट्री ब्लास्ट भएन भने अर्को ब्याट्री सेप ब्लास्ट भयो।

सुरक्षित डोमभित्र पारिएको टेस्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो। तर, त्यहीँ प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने भएन।

यो टेष्ट ब्याट्रीको तापक्रम बढाएर गरिने परीक्षण हो। ब्याट्रीलाई प्रेसेर गरेर वा सियो जस्तो टेष्ट रियोले प्वाल पारेर यसको परिक्षण गरिन्छ।

यो परीक्षणमा तापक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेट मात्र पुगेको थियो। जबकि अन्य एनसीएम ब्याट्री तीन सयदेखि चार सय डिग्री पुगेको थियो। तापक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुवाँ आएन। तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो।

लिथियम-आयन ब्याट्री र अन्य सेकेन्डरी ब्याट्रीहरू सुरक्षात्मक तत्वहरू र सुरक्षात्मक सर्किटहरूसँग सुसज्जित छन्। तर यी सुविधाहरूले सुरक्षा सुनिश्चित गर्न यस्ता परीक्षण हुन्छ।

नमूना ब्याट्रीलाई भित्री सर्ट-सर्किट नक्कल गर्न र ब्याट्रीमा आगो लागेको वा फुटेको छैन भनेर प्रमाणित गर्न यस्तो गरिन्छ। यस्तै परीक्षण दिल्लीको अटो शोमा बीवाइडीले गरेको थियो।

निकै स्मार्ट र स्लिम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाईं ९६ सेमि, चौडाइ नौ सेमि तथा उचाईं मात्र १.३५ सेमि हुने गर्छ। यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ।

त्यही कारण पातलो तथा लामो ब्याट्री प्याक बन्छ। ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सिटी प्राप्त हुन्छ। अर्थात्, सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ।

साथै कम्पनीले यसको सेडान कार सिल, डल्फिन र एटो थ्रीको टेष्ट ड्राइभ पनि आयोजना गरेको थियो।