BIZMANDU
www.bizmandu.com

नेपाल वेयर हाउजिङ कम्पनीले ९ महिनापछि आईपीओ निष्कासनको अनुमति पायो, के गर्छ कम्पनीले ?

२०८० असोज १२

नेपाल वेयर हाउजिङ कम्पनीले ९ महिनापछि आईपीओ निष्कासनको अनुमति पायो, के गर्छ कम्पनीले ?
नेपाल वेयर हाउजिङ कम्पनीले ९ महिनापछि आईपीओ निष्कासनको अनुमति पायो, के गर्छ कम्पनीले ?


काठमाडौं। नेपाल वेयर हाउजिङ कम्पनीले ९ महिनापछि आईपीओ निष्कासन अनुमति पाएको छ। कम्पनीले बुधबार आईपीओ निष्कासनको अनुमति पाएको हो।

Tata
GBIME
NLIC

कम्पनीले सर्वसाधारणका लागि १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। कम्पनीले गत पुस २२ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

यो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालय क्यापिटल रहेको छ।

कम्पनीले के गर्छ ?

कम्पनीले वैज्ञानिक खाद्यान्‍न भण्डारण गृह, बोलकबोलको माध्यमबाट खाद्यान्‍न किनबेच लगायतका कामहरु गर्दै आएको छ।

कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्‍न भण्डारण गृह निर्माण गरी कृषकबाट कृषि वस्तु संकलक, खाद्यान्‍न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनीले कृषक तथा खाद्यान्‍न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्‍नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गर्दै आएको छ।

५५ हजार टन क्षमताको वेयरहाउस

कम्पनीले हालसम्म विभिन्‍न तीनवटा जिल्लाहरुमा ५५ हजार टनको वेयर हाउस निर्माण गरेको छ। जसमध्ये सुनसरी र पर्सा जिल्लामा ४० हजार टन क्षमताको साइलोसहितको वेयर हाउस निर्माण गरी सञ्‍चालनमा ल्याएको छ।

यस्तै, कपिलवस्तु जिल्लामा १५ हजार टन क्षमताको साइलो जडान भइरहेको छ। सो समेत पुस महिनासम्ममा सञ्‍चालनमा आउने कम्पनीले जनाएको छ।

कम्पनीले सञ्‍चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १६२.७५ करोड रुपैयाँ रहेको छ। सो लगानीमध्ये ९४ करोड ऋण छ भने बाँकी स्वपुँजीबाट परिचालन गरिएको छ। यो कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ।