BIZMANDU
www.bizmandu.com

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, चारदिनमै घट्यो ३ हजार ४०० रुपैयाँ

२०८० असोज १२

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, चारदिनमै घट्यो ३ हजार ४०० रुपैयाँ
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, चारदिनमै घट्यो ३ हजार ४०० रुपैयाँ

काठमाडौं। निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ। शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले घट्दा चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ।

Tata
GBIME
Zonsen

सुन चाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको हो। बिहीबार भने सुन १ लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस साता निरन्तर सुनको मूल्य घट्दै गइरहेको छ। पछिल्लो चारदिनमा सुनको मूल्यमा ३ हजार ४०० रुपैयाँले गिरावट आएको छ।

आइतबार र सोमबार सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। ४०० रुपैयाँले घट्दा मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो। बुधबार सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार १ हजार ३७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ३८५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १८७६.१२ डलर रहेको सुन घटेर १८६७. ६२ डलरले कारोबार भइरहेको छ। त्यस्तै, हिजो प्रतिऔंस २२.५१ डलरमा कारोबार भएको चाँदी शुक्रबार बढेर २३.०१ डलर पुगेको छ।