BIZMANDU
www.bizmandu.com

चिरख्वा हाइड्रोको सेयर असोज २३ बाट अंकित मूल्यमै, प्रति मेगावाट लागत सवा २१ करोड

२०८० असोज १२

चिरख्वा हाइड्रोको सेयर असोज २३ बाट अंकित मूल्यमै, प्रति मेगावाट लागत सवा २१ करोड
चिरख्वा हाइड्रोको सेयर असोज २३ बाट अंकित मूल्यमै, प्रति मेगावाट लागत सवा २१ करोड


काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ देखि २६ गतेसम्म आमसर्वसाधारणका लागि सेयर बिक्री खुला गर्ने भएको छ।

Tata
GBIME
NLIC

स्थानीय प्रभावित, रोजगारमा गएका नेपाली, कर्मचारी, सामूहिक लगानी कोषलाई सेयर बिक्रीपछि कम्पनीले सर्वसाधारणलाई खुलाएको हो।

कम्पनीले कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्तिमा १० र अधिकतम एक लाख कित्तासम्मलाई आवेदन दिन सकिन्छ।

अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसैमा आवेदन माग गरिएको छ।

४.७ मेगावाट क्षमताको आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ। प्रति मेगावाट लागत २१ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ।