BIZMANDU
www.bizmandu.com

चीनसँग जोडिएको नाकाबाट सुन तस्करी बढ्दै, ४ किलो सुनसहित दोलखाबाट ३ जना पक्राउ

२०८० असोज ११

चीनसँग जोडिएको नाकाबाट सुन तस्करी बढ्दै, ४ किलो सुनसहित दोलखाबाट ३ जना पक्राउ
फाइल तस्बिर।


काठमाडौं। दोलखाको सिंगटीमा अवैध तरिकाबाट ल्याइएको ४ किलो सुन बरामद भएको छ। बुधबार राति ३ जना मानिससहित उक्त परिमाणको सुन बरामद भएको हो।

Tata
GBIME
NLIC

पक्राउ परेका व्यक्तिले भरियाको रुपमा काम गरेको प्रारम्भिक बयानमा बताएका छन्। घटनाको थप अनुसन्धान भइरहेको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी दीपक रेग्मीले बताए।

यसअघि केही महिना पहिले पनि रसुवाबाट २ किलो सुन बरामद भएको थियो।