काठमाडौं। निसान र चेरी ब्रान्डको गाडी बिक्री गर्दै आएको शारडा ग्रुपले अर्को इभी ब्रान्ड ओमाडा नेपाली बजारमा भित्र्याउने निश्चित भएको छ।
चीनबाट एकपछि अर्को नयाँ ईभी ब्रान्ड आउने क्रममा ओमोडा पनि नेपाल आउने भएको हो। नेपालमा चेरी गाडी आयात गरी बिक्री गर्दै आएको कम्पनी एसपीजी अटोमोबाइल्सले यो ब्रान्डलाई नेपाल ल्याउने तयारी थालेको शारडा ग्रुपका उपाध्यक्ष धीरेन तामाङले बताए।
नोभेम्बर अन्तिमसम्म डेमोका रुपमा यो गाडी नेपाल आउने उनले बताए। जनवरीदेखि यसको उत्पादन सुरु हुने उनको भनाइ छ।
कम्पनीले ल्याउन लागेको सो ब्रान्ड चेरी अन्तर्गतको हो। यो कम्पनीले अहिले ओमाडा ५ मोडलको एसयुभी निर्माण गरेको छ। सो नयाँ एसयुभीलाई कम्पनीले अप्रिलमा आयोजना भएको सांघाई अटो शोमा लन्च गरेको थियो।