BIZMANDU
www.bizmandu.com

आइपीओ भर्दा खातामा रकम भए/नभएको तत्कालै जानकारी पाइने, रकम नभए आवेदन रद्द

२०८० असोज १०

आइपीओ भर्दा खातामा रकम भए/नभएको तत्कालै जानकारी पाइने, रकम नभए आवेदन रद्द
आइपीओ भर्दा खातामा रकम भए/नभएको तत्कालै जानकारी पाइने, रकम नभए आवेदन रद्द


काठमाडौं। अब सीडीएससीको एपीआई जडान गर्ने आश्वा सदस्यहरु बैंकहरुबाट आइपीओ भर्दा खातामा रकम भए/नभएको तत्काल जानकारी पाइने भएको छ। रकम नभए तत्काल प्रणालीले आवेदन रद्दको सूचना दिनेछ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले सीडीएससीको एपीआई कार्यविधि स्वीकृत गरेर सो सेवा दिन सहजीकरण गरेको हो। सीडीएससीले झन्डै एक वर्षअघि कार्यविधि अनुमोदन गर्न बोर्ड पठाएको थियो। जुन सीडीएससीको बोर्ड बैठकले पारित गरेर कार्यान्वयनमा लैजानेछ।

सीडीएससीले एपिआई जडान गर्ने कम्पनी अथवा सेवा प्रदायकबाट शुल्क समेत लिन पाउनेछ। केही समय अघि बोर्डले नेप्सेको तथ्यांक उपयोग कार्यविधि स्वीकृत गरेर एपीआई उपलब्ध गराउने निर्णय गरेको थियो।

सो एपीआई जडान गरे लगत्तै रियल टाइममा तथ्यांक उपलब्ध हुने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्यले बताए। उनका अनुसार ब्रोकरहरुको सेयर किनबेचदेखि भुक्तानी प्रदायक गर्ने वालेटहरुले पनि रियल टाइममा कारोबार विवरण उपलब्ध गराउन सक्नेछन्।