काठमाडौं। लक्ष्मी ग्रुपको सिद्धिलक्ष्मी स्टिलको व्यापारमा धक्का लागेको छ। निर्माण सामग्री उद्योगमा गहिरिएको मन्दीका कारण कम्पनीको व्यापार एकै वर्ष २ अर्ब १० करोड रुपैयाँले घटेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२/२३ मा १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ४ अर्ब रुपैयाँको व्यापार गरेको थियो। २०२०/२१ मा ३ अर्ब ६३ करोड रुपैयाँ र २०१९/२० मा १ अर्ब २५ करोड रुपैयाँको व्यापार कम्पनीले गरेको थियो।
कम्पनीले समृद्धि स्टिलको ब्राण्डबाट डन्डी बिक्री गर्छ। उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख टन छ। प्लान्ट नवलपरासीमा छ।
उद्योगमा लक्ष्मी होल्डिङ प्रालिमार्फत गणेशबहादुर श्रेष्ठ र उनका तीन छोराहरु अञ्जन श्रेष्ठ, निराकार श्रेष्ठ र निरञ्जन श्रेष्ठले लगानी गरेका छन्।
कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ गराएको छ।