BIZMANDU
www.bizmandu.com

डान्स बारमा मदिरा खाएर तिरेको हजारको नोट नक्कली, गाडीका सहचालक समातिए

२०८० असोज १०

डान्स बारमा मदिरा खाएर तिरेको हजारको नोट नक्कली, गाडीका सहचालक समातिए
डान्स बारमा मदिरा खाएर तिरेको हजारको नोट नक्कली, गाडीका सहचालक समातिए

काठमाडौं। डान्स बारमा मदिरा खाएर तिरेको नक्कली नोट पाइएपछि एक युवक समातिएका छन्। सुर्खेत भेरीगंगा नगरपालिका घर भएका २० वर्षीय ह्विल वलिलाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME

उनको साथबाट प्रहरीले चार थान नक्कली नोट फेला पारेको हो। काठमाडौंको बसपार्क नजिकै एक डान्स बारमा उनले मदिरा पिएपछि हजारको नोट दिएका थिए। त्यसपछि शंका लागेर प्रहरी पुगेपछि उनलाई पक्राउ गरेको थियो।

प्रहरीसँगको बयानमा उनले नोट आफूलाई साथीले सापटी तिर्दा दिएको बताएका छन्।

उनी सुर्खेत काठमाडौं चल्ने गाडीमा सहचालकको काम गर्दै आएका छन्।