BIZMANDU
www.bizmandu.com

राहत शिक्षकले अवरुद्ध पारे सडक, स्वत: स्थायीको गलत माग राखेर प्रदर्शन कहिलेसम्म?

२०८० असोज १०

राहत शिक्षकले अवरुद्ध पारे सडक, स्वत: स्थायीको गलत माग राखेर प्रदर्शन कहिलेसम्म?
राहत शिक्षकले अवरुद्ध पारे सडक, स्वत: स्थायीको गलत माग राखेर प्रदर्शन कहिलेसम्म?


काठमाडौं। राहत शिक्षकले प्रक्रिया पुर्‍याएर स्थायीको माग गर्दै काठमाडौंको माइतीघरमा सडक ठप्प पारेका छन्।

Tata
GBIME
NLIC

नेपाल शिक्षक महासंघको आह्‍वानमा असोज ३ गते काठमाडौं आएका राहत शिक्षकले बुधबार सडक पूरै ढाकेर प्रदर्शन गरी सवारी आवागमन अवरुद्ध पारेका हुन्। माइतीघरको सडक अवरुद्ध भएपछि आसपासको क्षेत्रमा ट्राफिक अस्तव्यस्त बन्न पुगेको छ।

महासंघले असोज ५ गते सरकारसँग ६ बुँदे सहमति गरी विरोधका कार्यक्रम स्थगित गरेको थियो। तर राहत शिक्षकले महासंघमाथि आफूहरुलाई धोका दिएको आरोप लगाउँदै प्रदर्शनलाई निरन्तरता दिइरहेका छन्।

देशभर हाल ३८ हजार राहत शिक्षक छन्। राहत शिक्षकले पनि दरबन्दीका शिक्षकसरह नै तलब पाउँदै आएका छन्। शिक्षक सेवा आयोगले लिएको परीक्षामा पास हुन नसकेका राहत शिक्षकले प्रक्रियाको नाममा स्वत: स्थायीको माग गर्दै आएका छन्।

सार्वजनिक विद्यालयमा राहत शिक्षकको नियुक्ति २०५९ देखि गरिएको हो। तर अधिकांश नियुक्ति पहुँच र भनसुनका आधारमा गरिएको हो।

सत्तामा रहने नेतादेखि प्रशासक, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले नाम मात्रको परीक्षा लिएर भर्ती गरेका तिनै शिक्षकले अहिले स्थायीको माग गरिरहेका हुन्।

उनीहरुले आफ्नो माग पूरा गराउन दबाब दिने नाममा असोज ४ गतेदेखि विद्यार्थीलाई पढाएका छैनन्।

आयोगले लिएको परीक्षामा फेल भएकाहरुलाई प्रक्रियाका नाममा स्वत: स्थायी गरिए सार्वजनिक शिक्षाको स्तर थप खस्किएर जानेछ। त्यसैले राहत शिक्षकको मागलाई जानकारहरुले गलत भनेका छन्।