BIZMANDU
www.bizmandu.com

गभर्नर र सेबोन अध्यक्षको वार्तापछि सेयर बजारमा उत्साह, सूचक र कारोकार रकम दुवै बढ्यो

२०८० असोज ९

गभर्नर र सेबोन अध्यक्षको वार्तापछि सेयर बजारमा उत्साह,  सूचक र कारोकार रकम दुवै बढ्यो
गभर्नर र सेबोन अध्यक्षको वार्तापछि सेयर बजारमा उत्साह, सूचक र कारोकार रकम दुवै बढ्यो

काठमाडौं। सेयर बजारमा मंगलबार सूचक र कारोबार रकम दुवै बढेको छ। नेप्से परिसूचक १८.४५ अंकले बढेको छ भने २ अर्बभन्दा बढीको कारोबार भएको छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालबीच सेयर धितो कर्जामा कायम १२ करोडको सीमा परिमार्जनबारे कुरा भएपछि सेयर बजार सूचक र कारोबार रकम दुवै बढेको हो।

गभर्नर अधिकारी र सेबोन अध्यक्ष हमालबीच सोमबार भेटवार्ता भएको थियो। उनीहरुको भेटवार्तापछि बजारमा सेयर धितो कर्जाको सीमा बढाउने चर्चा छ। त्यसो त हमालले बजार निकै घटिसकेको भन्दै सेयर धितो कर्जामा लचकता अपनाउन अधिकारीलाई आग्रह गरेका थिए।

नेप्से सूचक २०२२.९१ विन्दुमा पुगेको छ। जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण कायमै छ। सो समूहको सूचक सबैभन्दा बढी ३ प्रतिशतले बढेको छ। सकारात्मक सर्किट लाग्ने कम्पनीमा जलविद्युत समूहकै हुन्।

सोमबार कारोबार रकम डेढ अर्ब रुपैयाँमा सीमित भएकामा आज २ अर्ब ९ करोडको सेयर किनबेच भएको छ। कारोबार धेरै हुनेमा एनआईसी एसिया बैंक छ। यो कम्पनीको ८ करोड ३४ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको हो।