BIZMANDU
www.bizmandu.com

केकीको मौलिक कथामा काम गर्ने रहर ‘परदेशी २’ले गर्‍यो पूरा, कस्तो गर्ला फिल्मले व्यापार?

२०८० असोज ८

केकीको मौलिक कथामा काम गर्ने रहर ‘परदेशी २’ले गर्‍यो पूरा, कस्तो गर्ला फिल्मले व्यापार?
केकीको मौलिक कथामा काम गर्ने रहर ‘परदेशी २’ले गर्‍यो पूरा, कस्तो गर्ला फिल्मले व्यापार?


काठमाडौं। केकी अधिकारी र प्रकाश सपुतको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’ असोज २६ गतेबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै कलाकारसहित निर्माण टिम यतिखेर प्रचारप्रचारमा व्यस्त छन्।

Tata
GBIME
NLIC

नेपालगञ्‍जमा भएको एक कार्यक्रमका बीच अभिनेत्री केकीले मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ले पूरा गरेको बताएकी छिन्।

‘यो फिल्मले मेरो मौलिक कथामा काम गर्ने रहर पूरा गरिदियो। परदेशी २ हामी सबैको कथा समेटिएको फिल्म हो। त्यसैले पनि यो फिल्मबाट निकै उत्साहित छु’ उनले भनिन्।

नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’ गायक प्रकाश सपुतको डेब्यू फिल्म हो। जसकारण सपुतले पनि आफू निकै उत्साहित रहेको बताए।

यसअघि ‘परदेशी २’ को रिलिज डेट विपिन कार्की स्टारर ‘पशुपति प्रसाद २-भष्मे डन’ सँग जुधेको थियो। तर पछि दुवै निर्माण टिमबीच एकसाता अघिपछि गरेर फिल्म रिलिज गर्ने सहमति भएको थियो।

साक्षात्कार पछि ‘परदेशी २’ टिमले फिल्मको कथासार बुझाउने ड्रामा समेत प्रस्तुत गरेको थियो। निर्देशक रायमाझीका अनुसार सोमबार कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किने योजना छ। बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किनेछ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्। फिल्ममा प्रकाश र केकीका साथै वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।