कांग्रेसमा संस्थापनइतरका नेता डा शेखर कोइराला निर्वाचनयता पार्टी सभापति शेरबहादुर देउवाप्रति नरम सुनिन्थे। यद्यपि कोशी सरकार गठनमा कांग्रेस नेतृत्वको कदम उनले खुलेर विरोध गरे। सरकारमा प्रतिपक्षी आवाज कम भएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अराजकता बढेको भन्दै आलोचनामा उत्रेका छन्। कोशी, मधेश, गण्डकीलगायत प्रदेशमा जातीय द्वन्द्व निकट भविष्यमै देखिन लागेको भन्दै कोइराला अनौपचारिक बैठकहरुमा छलफल गरिरहेका छन्।
सुशासनमा सरकारको चुकेको भन्दै कोइराला हरेक मञ्चमा यही विषय प्राथमिकता दिइरहेका छन्। सुशासनकै मुद्दा लिएर उनी देश दौडाहामा निस्कँदैछन्। मुलुकको आर्थिक अवस्था डामाडोल हुन थालेपछि पार्टीमा कोइरालाको स्वर चर्को सुनिन थालेको हो। देशको अर्थतन्त्र नाजुक भएको अवस्थामा देशकै ठूलो दल नेपाली कांग्रेसको धारणा के हो ? ओरालो लागेको अर्थतन्त्र कसरी सुध्रिन्छ ? यी लगायत समसमायिक विषयमा बिजमाण्डूका विज्ञान अधिकारी र नेत्र तामाङले नेता कोइरालालाई सोधे- पछिल्लो समय तपाईको बोली ‘लाउड’ सुनिन्छ। जनताका असन्तुष्टि पार्टीभित्र तपाईंले उठाउनु भइरहेको छ। बाेली किन यसरी ‘लाउड’ भइरहेको हो?
‘लाउड’ नै त नभनौं। जनतामा निराशा छाएको छ। देश अराजकतातिर गइसकेको छ। राजनीतिक अराजकता, आर्थिक अराजकता, सामाजिक अराजकता, धार्मिक, सांस्कृतिक। अब त कताकता कूटनीतिक पनि हो कि भन्ने लाग्छ। यो कुरालाई अहिलेको सरकारले सम्बोधन गर्न जरुरी छ।
नेपाली कांग्रेस लार्जेस्ट पार्टी हो। हामीहरुको ८९ सिट छ अहिले। ९ जना मन्त्री सरकारमा सहभागी छन्। सरकारले गरेको सम्पूर्ण गलत काम नेपाली कांग्रेसको थाप्लोमा आयो भने त्यो त स्वीकार्य हुँदैन। नेपाली कांग्रेसको कुनै पनि कार्यकर्तालाई स्वीकार्य हुँदैन। हामीलाई पनि हुँदैन। त्यही कारणले मैले गलत भइरहेको छ। सरकारले गरेको अराजकताबाट पार पाउनुपर्छ भन्ने हो अहिले।
एउटा नेताले ‘फ्युचरस्टिक’ भएर हेर्नुपर्छ। सबै मान्छे मौन हुँदा तपाईले धार्मिक अराजकतादेखि आर्थिक रुपमा मुलुक समस्यामा छ भनिरहनुभएको छ। यसबारे तपाईमात्र बोलिरहनुभएको छ किन?
धरानमा देख्दा धार्मिक भए पनि त्यसमा जातीय द्वन्द्व मैले पाएँ। मैले २० दिन अघिबाट उठाएको कुरा राज्य व्यवस्था समितिमा सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीको महानिरीक्षकले उठाउनुभयो। फेरि मधेश प्रदेशको सर्लाहीमा हिन्दु मुस्लिमको तनाव चल्दैछ। बीचमा एकचोटी कर्फ्यू चल्यो। फेरी हालै पनि कर्फ्यू लागेको छ। त्यसकारण देश कतै अराजकतातिर त जाँदै छैन भन्ने छ। हामीले हरेक कोणबाट हेर्नुपर्छ। यो द्वन्द्व बढाउनेतिर प्रधानमन्त्रीले क्याटालिस्टको रोल खेल्नुभयो कि जस्तो लागेको छ।
देशको प्रधानमन्त्रीजस्तो व्यक्तिले हामीलाई भोट दिनुस्, हामीलाई जिताउनुस् भनेर भनेर जातीय कुरा गरिरहनुभएको छ पार्टी अध्यक्षले भन्दा ठीक होला तर उहाँ त प्रधानमन्त्री हुनुहुन्छ। मेरो पनि प्रधानमन्त्री हो उहाँ। सुर्खेतमा गएर दुई लाख मान्छे उतार्छु भन्नुभयो। अब देशको प्रधानमन्त्रीले म जनतालाई सडकमा उतार्छु भनेपछि जनताले के सोच्ने। त्यही भएर म बोल्न थालेको हो।
अहिले बैंक ब्याज दोहोरो अंकमा छ। तर बैंकसँग पाँच खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। तर किन जनताले ऋण लिइरहेका छैनन? यस्तो महँगो ब्याज लिएर के गर्ने? बैंकहरुले पनि हामी मिटरब्याजी हो की होइन भनेर सोच्नुपर्यो? मिटरब्याजीलाई मात्रै नियमकानुनको कुरा गर्ने?
गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो। उहाँ भन्नुहुन्थ्यो त्यसलाई टुंगोमा पुर्याउनुपर्छ। तर यसको मतलब आफू सानो हुँदै जाने अनि माओवादीलाई किन बोकिराखेको?
त्यसैमा त मेरो विरोध हो। सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) टुंगिन बाँकी छ। टीआरसीमा पीडितहरुको कुरा छ। अन्तर्राष्ट्रिय मानवअधिकार आयोगको पनि केही कुरा छ। उनीहरुको कुरा नसुनी संसदले विधेयकलाई पास गरेर ऐन बनाएर अगाडि गयो भने पनि त्यो काम लाग्छ जस्तो लाग्दैन।
आफ्नै मन्त्रीहरु कहाँ देखिन्छन् भनेर तपाईँले भन्नुभयो। उद्योगी व्यवसायीले आफ्नो जीवनकालमा यस्तो समस्या देखेको छैन भन्छन्। अर्थमन्त्री र उद्योगमन्त्रीजस्तो जर्बजस्त पदको बागडोर सम्हालेर पनि केही काम हुन सकेको छैन?
यो संसदीय प्रणालीमा जतिसुकै मन्त्रीहरुलाई भने पनि प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छ। तपाईहरुकै बिजमाण्डूमा मिडियाहरुमा एउटै कुरा आइरहेको हुन्छ अर्थमन्त्री र गभर्नरमा मिलेमतो छैन भनेर। मिल्न हुन्छ कि हुँदैन त्यो आफ्नो ठाउँमा छ। मिल्नुपर्छ भन्ने पक्षमा म होइन। हामीहरुले के गर्नुपर्यो भने मौद्रिक नीति अलिकति फ्लेक्जिबल हिसाबले जानुपर्यो।
अर्थमन्त्रीजीले पनि केही कुरालाई स्पीडअप गर्नुपर्यो। सानो उदाहरण उहाँले आलु, प्याज‚ स्याउ लगायत कृषिवस्तुमा भ्याट लगाउनुभयो। यो त अर्थमन्त्रीको कार्यक्षेत्रमै पर्यो। बाहिरबाट आउने सामानमा मात्रै भ्याट लाग्ने होइन। भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो। भ्याट लगाउँदा त्यही जनताले महँगो मूल्य तिरेर वस्तु किन्नुपर्ने अवस्था आयो। हवाई भाडामा पनि भ्याट लगाउने काम भयो। मैले नजिकबाट हेरेको त छैन। तर अहिले टिकट काट्ने काम देशबाहिर त भइरहेको छैन। हामीले यस्ता सानासाना कुरामा ध्यान दिनुपर्छ। कुनै निर्णय गर्दा तल्लो तहका जनतालाई पर्ने असर हेर्नुपर्छ।
अर्कोतर्फ अहिले बैंक ब्याज दोहोरो अंकमा छ। तर बैंकसँग पाँच खर्ब रुपैयाँ लगानीयोग्य रकम छ। तर किन जनताले ऋण लिइरहेका छैनन? यस्तो महँगो ब्याज लिएर के गर्ने? बैंकहरुले पनि हामी मिटरब्याजी हो की होइन भनेर सोच्नुपर्यो? मिटरब्याजीलाई मात्रै नियमकानुनको कुरा गर्ने? यसमा अर्थमन्त्री र गभर्नरले सोच्नुपर्ने बेला भइसकेको छ।
ब्याज एकलदरमा लैजानका लागि पहल गर्नैपर्छ। अहिलेको व्यवसायिक अवस्था देखेर मलाई अत्यन्तै चिन्ता भएको छ। विभिन्न व्यापारिक क्षेत्रका ३० प्रतिशत सटरहरु बन्द भएका छन्।
म दरबारमार्गतिर गइरहेको हुन्छु। त्यहाँका पसलहरुमा ग्राहक देख्दिन। न्युरोडमा त्यस्तै छ। विराटनगरमा र बुटवलको हालत त्यस्तै छ। अहिलेको यो समस्या अर्थमन्त्री र गभर्नरजीको मात्र विषय होइन। यसमा सबै पक्षले सोच्ने बेला भइसकेको छ।
ललिता निवास प्रकरणमा सुशासन दिन सक्नुभएको छ? माधव नेपाल र डा. बाबुरामजीलाई सीआइबीलाई बयान लियो त? माधव नेपालको घरमा प्रहरी अधिकारी गएर चिया खाएर बयान लिएको हुन्छ ? बयान भनेको सीआइबीमा उहाँहरुलाई बोलाएर लिनुपर्ने होइन?
यो कठिनपूर्ण अवस्थामा अर्थतन्त्र पहिलो एजेण्डा हुनुपर्ने होइन?
त्यो त प्रधानमन्त्रीले पहल गर्नुपर्यो नि। त्यसकारण म भन्छु प्रधानमन्त्री नै ‘की क्वाइन’ हो।
प्रधानमन्त्री त भन्नुहुन्छ सुशासन पहिलो हो?
सुशासन दिइरहनुभएको छ त? म उहाँलाई नै सोध्छु। सुशासन दिनसक्नुभएको छ। ललिता निवास प्रकरणमा सुशासन दिन सक्नुभएको छ? माधव नेपाल र डा. बाबुरामजीलाई सीआइबीलाई बयान लियो त? माधव नेपालको घरमा प्रहरी अधिकारी गएर चिया खाएर बयान लिएको हुन्छ ? बयान भनेको सीआइबीमा उहाँहरुलाई बोलाएर लिनुपर्ने होइन?
भनेपछि तपाईंको विचारमा राजतन्त्रजस्तै गणतन्त्रमा पनि नेतालाई छुट भयो भन्ने हो ?
यो राजतन्त्र वा गणतन्त्रको विषय होइन। हामीले सुशासन चाहेका छौं भने विधिलाई मान्नुपर्यो। प्रधानमन्त्रीले व्यवहारमा सुशासन देखाउनुपर्यो।
कोशीको मुद्दामा तपाईंले विधिको कुरा उठाइरहनुभयो। तर पार्टीमा विधि त मासिँदै गयो नि?
हामी बीपीका अनुयायी भन्छौं। बीपीले चाहेको भए नमरुन्जेल प्रधानमन्त्री हुन सक्नुहुन्थ्यो नि त। तर उहाँले त्यो रोज्नुभएन। तर प्रजातन्त्रका कुरामा म जनताकहाँ जान्छु है। बेसिङ फन्डामेन्टल कुरामा हामी चुक्नुहुँदैन भन्नुहुन्थ्यो उहाँ। निरंकुशता त्यहीबाट जन्मने हो नि। कोशी प्रदेशमा हामीले गल्ती गर्यौं। सही थिएन। कानुनका विज्ञले भन्दा पनि मैले मानिनँ।
हामीले त्यही विधिको कुरालाई ललिता निवास र सुन प्रकरणसँग जोड्न चाहेको हो। ललिता निवास नेतामा गएर टुंगियो। सुन काण्ड नेताको छोराछोरी देखिएपछि सामसुम भयो ?
त्यही कुरालाई म बोल्दैछु। कुनै कुरा पनि म चाँहि ठीक देखिरहेको छैन। अराजकतातिर देश जाँदै छ। यसमा संचारमाध्यमको पनि भूमिका हुन्छ।
त्यसो हो भने अहिलेको सरकारले अराजकता रोक्ने ल्याकत राख्दैन?
त्यो त म भन्दिनँ। उहाँहरुले पब्लिकली जे बोलिरहनुभएको छ त्यसलाई व्यवहारमा उतार्नुपर्यो।
प्रधानमन्त्री नै जातीयताको कुरा गर्नुहुन्छ। उहाँ आफैं असुरक्षित भएर बोलिरह्नुभएको होला। यसले झन् राज्यको विश्वास गुमिरहेको छ नी ?
बिग्रेको त्यही हो नि। सधैं यस्तै त भइरहेको छ। पहिले पनि यस्तै हुन्थ्यो। अहिले अलि बढेको छ। हाम्रो अर्थतन्त्र कमजोर भएका बेला यस्ता विषय बढिरहेको छ।
आजै रेमिटेन्स कति बढेछ भनेर म पढिरहेको थिए। जमिन बाँझो छ। त्यसबारेमा हामीले अध्ययन नै गरेका छैनौं। रेमिटेन्स बढेको देखेर हामी रमाइरहेका छौं। रेमिटेन्सले हाम्रो अर्थतन्त्रलाई कति टेवा दिएको छ? त्यसले आन्तरिक उत्पादनलाई कति फराकिलो बनाउन सहयोग गरेको छ? परिवार र समाजलाई कति फरक पारेको छ? हामीले यो बारेमा अध्ययन गरेर अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने हो। यसमा सबैको इफोर्ट आवश्यक छ।
डाक्टर‚ सीए जाँदैछन्। तिनीहरु फर्केर आउँछन् भन्ने मलाई लाग्दैन। खाडी मुलुक जाने बरु फर्केर आउलान्। तर पढेलेखेका बुद्धिजीवी फर्किएर आउँदैनन्। डाक्टरहरुलाई निर्घात कुटिन्छ। उनीहरु कुन मनोबलले यहाँ बस्छन्?
५५ वर्षभन्दा पछि राजस्व कम उठ्यो। जनता धमाधम देश छाड्दैछन्?
त्यही त‚ अस्तिसम्म शैक्षिकस्तर कम आर्थिक स्तर कमजोर भएकाहरु गइरहेका थिए। अब त डाक्टर‚ सीए जाँदैछन्। तिनीहरु फर्केर आउँछन् भन्ने मलाई लाग्दैन। खाडी मुलुक जाने बरु फर्केर आउलान्। तर पढेलेखेका बुद्धिजीवी फर्किएर आउँदैनन्। डाक्टरहरुलाई निर्घात कुटिन्छ। उनीहरु कुन मनोबलले यहाँ बस्छन्?
शिक्षकले हड्ताल नै गरे। उनीहरुको कुन मनोदशा छ भन्ने प्रष्ट देखिइसकेको छ। माध्यमिक तहसम्म पढाउने शिक्षकको तलबभत्ता ६ हजारदेखि १८ हजार रुपैयाँ छ। त्यति थोरै तलबभत्तामा हामीले गुणस्तरीय शिक्षाको परिकल्पना कसरी गर्ने ? अरु पूर्वाधार भन्दा शिक्षामा ध्यान दिनुपर्यो। विद्यार्थी फेल हुनेवित्तिकै शिक्षकलाई दोष दिन्छौं। तर हामीले उनीहरुप्रति गरेको लगानी हेर्नुपर्दैन?
यति धेरै विषयमा जानकार हुँदाहुँदै पनि किन पार्टीभित्र डिस्कोर्स हुँदैन?
पार्टीभित्र यो विषयमा छलफल भएको छैन। ससाना रुपमा केही अर्थविद्हरुले गरिरहनुभएको छ। तपाइँले भनेजस्तै हरेक पार्टीभित्र अहिले देखिएको समस्याका बारेमा डिस्कोर्स हुनुपर्ने हो। तर शीर्ष नेताहरुको कन्सर्न सत्तामा कसरी पुग्ने? कसरी टिक्ने भन्ने छ। मलाई छैन भन्ने त तपाईले कोशी प्रदेशमा देख्नुभयो। आज जनता निराश छन्। यही पार्टीहरुले देश चलाइरहेका छन्। यिनीहरुले होप दिन सकेका छैनन्। अर्थतन्त्र यस्तो कठिन रहेको अवस्थामा चालु खर्च घटाउन सकिँदैन ?
विदेश भ्रमण कम गर्न सकिँदैन? अर्थमन्त्रीले बजेटमा केही सरकारी संरचना घटाउने कुरा उल्लेख गर्नुभयो। तर दरबन्दी थपिरहनुभएको छ। अर्थमन्त्रीले यस्तो बेलामा निर्मम बन्न सक्नुपर्छ।
अर्थतन्त्र नाजुक छ। त्यही रेमिटेन्स राम्रो भएर डलर सञ्चिति राम्रो छ। विदेशी लगानीको प्रतिबद्धता मात्रै आएको छ। तर त्यो वास्तविक रुपमा कुनै उद्योग व्यवसाय गरेपछि मात्रै त्यसको अर्थ रहन्छ।
जनताप्रति विश्वास छैन, अर्थतन्त्र बिग्रेको हैन देश बिग्रेको हो त्यसो भए?
हैन जनताले ट्रस्ट गरेकै छैन। जस्तो बैंकले आज ८ प्रतिशत ब्याजमा ऋण दिन्छ। अनि पछि तुरुन्तै १४ प्रतिशत १५ प्रतिशत बनाइदिन्छ। सामान्य मान्छेले बैंकमा ऋण लिन गयो भने पाउँदैन।
जसले करौडौं लिइरहेको हुन्छ जसले ऋण पनि तिरेको हुँदैन तर उनीहरुलाई अझै गर भनेर ऋण थपिदिएको हुन्छ। वित्तीय असमानता बढाउने मात्रै काम भएको छ। राज्य प्रणालीप्रति विश्वास कम भएकाले समस्या बढ्दै गएको छ।
ट्रस्ट बिल्ड अप गर्न एउटामात्र पार्टी भएर हुन्न। कुनै पार्टीमा ट्रस्ट बिल्ड अप त भएको छैन। कुनैले त गर्नुपर्छ। तर अहिलेको सरकारले चाहि सक्दैसक्दैन भन्नेमा म विश्वस्त छु।
यो असमानता २०६२/६३को जनआन्दोलनपछि आएका सरकारले क्रोनी क्यापिटालिज्मलाई आत्मसात गरेर भएको हो। त्यसलाई कांग्रेसले मलजल गर्यो नि होइन?
मैले भनिनँ, कांग्रेसले मलजल गरेन भनेर। कांग्रेस ठीक छ भनिरहेको छैन। यसमा सबै राजनीतिक दलहरु मिलिजुली छन्। गलत काममा त सबै एक ठाउँमा उभिन्छन् नि। एउटा घटना भएपछि सबै एकै ठाउँ भइहाल्छन्।
सांसद अवरोध हुन्छ, केही समयमै अर्कोतर्फ मिलिरहेको हुन्छ।
२०४६ सालपछि नेपाली कांग्रेसको सरकारका महेश आचार्य र डा रामशरण महतले सम्हालेर अर्थतन्त्रलाई फराकिलो बनाउने काम गरे। तर २०६२/६३ पछि वामपन्थीका एजेण्डामा घुलमिल भएर दोस्रो चरणको आर्थिक सुधारलाई कांग्रेसले बिर्सियो नि?
ट्रस्ट बिल्ड अप गर्न एउटामात्र पार्टी भएर हुन्न। कुनै पार्टीमा ट्रस्ट बिल्ड अप त भएको छैन। कुनैले त गर्नुपर्छ। तर अहिलेको सरकारले चाहि सक्दैसक्दैन भन्नेमा म विश्वस्त छु।
यो सरकारसँग विल पावर छैन त्यसो भए?
देखिरहनुभएको छ नि। ६ महिनामा भन्न पनि गाह्रो छ। तर काम हेर्नुस् न।
सरकारको यो समीकरण ठीक भएन भन्ने हो तपाईंको बुझाइ?
समीकरण नभइ त फेरि सरकार पनि बन्दैन। हामीले यो त बुझ्नुपर्यो। निर्वाचन प्रणाली नै यस्तै छ। फ्रस्टेसन त्यतिकै ज्यादा छ। कारबाही कसैलाई भएको छैन।
यो सरकारले ‘ट्रस्ट बिल्ड’ अप गर्नुपर्यो। सच्चेन भने अर्को आउँछ सरकार। यसरी चल्दैन।
हामीले विधिको कुरा गरेको। कांग्रेस त विधिभित्र चल्ने पार्टी तर सहमति हुन्छ एउटा हुन्छ अर्कै?
त्यही त मैले कुरा गरेको न्यायसंगत हुनुपर्यो। नेपाली कांग्रेसको विधानअनुसार टेकेर चल्नुपर्यो। तल्लोमा हारेको व्यक्ति माथिल्लोमा ल्याउनुभएन। त्यसैमा भए हो। तर सबै गरिरहनुभएको छ। अपजस हामीले लिने? या कसैले किन लिने? ग्रुपबाट माथि उठ्नुस् भन्छु सभापतिज्युलाई। उहाँ ८ लाख कांग्रेसको सभापति हो।
तर एकतर्फी काम भइरहेको छ। तपाईहरुको दबाब नभएको हो कि?
हेर्नुस् विधिसम्मत भए दबाब दिनैपर्दैन नि।
पार्टी यसरी चल्छ त?
यसले बिगार्छ। पार्टीलाई कमजोर बनाउँछ।
महामन्त्री गगन थापासँग तपाईंको’बन्डिङ’ थियो। बीचमा दरार देखियो। अहिले फेरि ‘बन्डिङ’जस्तो देखिन्छ। किन यस्तो भइरहेको हो?
दरार हैन। हामीहरुको बीचमा कुनै दरार पनि हैन कुनै नजिक पनि हैन। पहिले जहाँ थियौ, महाधिवेशनको टाइममा, हामी अहिले पनि सँगै छौं। कुरा के हुन्छ भने छिटपुटको कुरा हो। सुशासनको सवालमा हामी एकै ठाउँमा छौं कि छैनौ भन्ने हो।
तपाईं प्रधानमन्त्री हो कि सभापति अब?
हैन अहिले त सभापतिको किन साथीहरु लागिरहनुभएको छ? ढाई वर्ष बाँकी छ। मानिसहरु किन दौडिरहेका छन् मैले बुझ्न सकिरहेको छैन। हामीले दौडने किन। म त कांग्रेसलाई सुदृढीकरण गर्न देश दौडाहमा छु। साथीहरुको भ्वाइस बोलिरहेको छु म जिल्लाजिल्ला घुमेर। सरकारले गरेका गलत कामको उजागर गर्ने। राम्रोको प्रचार गर्ने।
तर अहिले यस्तो भइसक्यो कि गलतलाई गलत भन्नै नहुने भइसक्यो। ६२/६३ बाट हो यस्तो सुरु भएको। विरोध हैन नि, सुधार गर भनेर आलोचना गरेको हो। मेजर पार्टी त कांग्रेस हो नि सरकारको। गलत भइरहेको छ भनेर हामीले किन नभन्ने?
मूल्य बढेको हेर्नुस् त चिनीको भाउ १५०। भारतमा ६० रुपैयाँमा पाउँछ। पक्कै यहाँ ‘ब्ल्याकमेलिङ’ भइरहेको छ। यसलाई कसले हेर्ने?
आत्तिएका साथीहरु अहिले कन्ट्रोलमा छन्। त्यो छ भन्दैमा खुसी हुने हैन। हामीले आफैंमा चेन्ज ल्याउनुछ। हामी बीपीका अनुयायी हौं भने हामीले आफूमा चेन्ज ल्याउनु छ।
तपाईलाईं के लाग्छ अब कांग्रेस ८४ मा वैकल्पिक दलको उदय होला कि। कार्यकर्ता ‘डिट्याच’ भइरहेका छन्। कति धेरै ‘अलार्मिङ’ लाग्छ तपाईलाई?
निर्वाचनपछि एकदम एलार्मिङ लागेको थियो। तर जिल्लाहरु घुम्दै गएपछि सम्झाउँदै गएपछि यो चेत कन्ट्रोल चाहिँ अलि कम भएको छ। हामीहरुको होप क्रिएट गर्न नसके त यो रहँदैन। आत्तिएका साथीहरु अहिले कन्ट्रोलमा छन्। त्यो छ भन्दैमा खुसी हुने हैन। हामीले आफैंमा चेन्ज ल्याउनुछ। हामी बीपीका अनुयायी हौं भने हामीले आफूमा चेन्ज ल्याउनु छ।
त्यो चेन्ज कहिले आउला थाहा भएन। अहिलेकै सरकार सच्चिनुपर्छ भन्नुहुन्छ तपाईं? के चिज गर्नुपर्छ होला यो डिप्रेसन कम गर्न? यो नाजुक अवस्था कम गर्न?
अहिले इमिडेट्ली बेरोजगारीको अवस्था छ र हाम्रो युवाहरु जो विदेश पलायन हुँदैछन् उनीहरुलाई रोक्ने उपाय खोज्नुपर्छ। उद्यमशील युवाहरु पनि छन्। पढेलेखेकाहरु आइटीमा राम्रो छ। उनीहरुलाई उद्यमशीलता सिकाउनुपर्यो। हजारौंलाई जागिर दिने भन्नेमा। प्लम्बर खोज्नुस् काठमाडौंमा नेपाली पाइँदैन। उनीहरु काठमाडौं किन बस्छन्? कमाइ राम्रो छ।
ग्याविन जाली बनाउने मान्छे मैले भेटें। कुरा गर्दा भारतीय तर नेपाली प्रस्ट बोल्ने कसरी बोल्न सिकेको। उसले भन्यो म त २० वर्षदेखि यतै छु भने। ७० हजार मासिक कमाउने। आजभन्दा १० वर्षअघिको कुरा। नेपालीहरु सिक्दैनन्। ‘डिग्निटी अफ लेबर’ चाहियो। विदेशमा गएर जे पनि गर्ने यहाँ गर्न किन नहुने? सरकारले अब उद्यमशीलतामा भटाभट खर्च गर्ने। अर्को कुरा शिक्षामा। यी दुईमा सरकारले सम्बोधन गर्नुपर्यो। सरकारले होप दिनसक्नुपर्यो।
यति धेरै अर्थतन्त्र, उपभोक्ता र जनता बुझेको मान्छे, तपाईंकै महामन्त्री गगन थापाले पनि सरकारको नेतृत्व चाँडै फेरिँदै छ भने भन्नुहुन्छ, तपाईं कहिले प्रधानमन्त्री बन्नुहुन्छ?
(लामो हाँसो) त्यो मलाई मोह छैन। मानिसले राजनीति गर्दा पिपुललाई सेन्टरमा राखेर गर्ने हो। अहिले यहाँसम्म पुगेको छ। हेरौं के हुन्छ?
केही महिनामै(प्रधानमन्त्री बन्नुहुन्छ)?
अहिले कसरी भन्नु? त्यो त भन्न सक्दिनँ। यही सरकारले राम्रो गरोस् न। अगाडि बढोस्। भाषणले हैन मानिसलाई होप दिन सक्नुपर्यो।