BIZMANDU
www.bizmandu.com

आयोगको कार्यदेशमा विवाद, सीआईबीको प्रतिवेदन अनुसार अघि बढ्नुपर्ने सत्तापक्षको अडान

२०८० असोज ७

आयोगको कार्यदेशमा विवाद, सीआईबीको प्रतिवेदन अनुसार अघि बढ्नुपर्ने सत्तापक्षको अडान
आयोगको कार्यदेशमा विवाद, सीआईबीको प्रतिवेदन अनुसार अघि बढ्नुपर्ने सत्तापक्षको अडान

काठमाडौं। सुन प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको जाँचबुझ आयोगको कार्यदेशबारे विवाद देखिएको छ। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी एमालेबीच आयोगको कार्यदेशमा विवाद भएको हो।

Tata
GBIME
Nepal Life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानलाई मान्यता दिएर अघि बढ्ने/नबढ्ने विषयमा विवाद भएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए।

‘हामीले सुन प्रकरणमा जोडिएका सबै व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने भन्यौं। सत्ता पक्षले सीआईबीको प्रतिवेदनअनुसार गरौं भन्यो,’ बर्तौलाले भने।

आइतबार अपराह्‍न गृह मन्त्रालयमा भएको छलफलमा सहमति जुटन नसकेको हो। एमालेले ६१ किलो र ९ किलो सुन प्रकरणमा जोडिएका सबै व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने माग राखेको थियो।

तर सत्तारुढ दलका नेताले सबै व्यक्तिमाथि अनुसन्धान जरुरी नभएको भन्दै सीआईबीको अनुसन्धानलाई मान्यता दिएर आयोग अघि बढ्नुपर्ने अडान राखे।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको माग राखेर एमालेले साउन १० देखि गरेको संसद् अवरोध भदौ ५ मा भएको सर्वदलीय सहमतिपछि हटेको थियो। त्यसदिन असोज ५ मा आयोग गठन गर्ने सहमति भएको थियो।

सहमति अनुसार आयोग गठन गरिएको छैन। सीआईबीले भदौ २७ गते २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेपछि एमालेले आयोग गठनको मागलाई बलियो गरी उठाउन छोडेको थियो।