BIZMANDU
www.bizmandu.com

विदेशमा काम गर्न गएका नेपालीले आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

२०८० असोज ७

विदेशमा काम गर्न गएका नेपालीले आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने
विदेशमा काम गर्न गएका नेपालीले आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने


काठमाडौं। रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै आफ्नो सामाजिक सुरक्षा कोष (एसएसएफ) मा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ।

Tata
GBIME
NLIC

विदेशस्थित आइएमई रेमिटेन्स पार्टनरमार्फत यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। यो सेवा सुरु गरेसँगै सामाजिक सुरक्षा कोष (एसएसएफ) लाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्ने आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको छ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्‍न यो सेवा सुरु गरिएको बताएका छन्।

कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आइएमईको यो सेवाले सहयोग पुग्‍ने उनले बताए।

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकलाई रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।

उनीहरुले कम्तीमा सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत वा न्यूनतम दुई हजार दुई रुपैयाँ मासिक रूपमा जम्मा गर्न सक्छन्।

अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था कोषले मिलाएको छ।