BIZMANDU
www.bizmandu.com

नेपाल आउने तयारीमा अर्को इभी ब्रान्ड ‘स्मार्ट’, आधिकारिक बिक्रेतामा सीजी मोटर्स छनोट

२०८० असोज ७

नेपाल आउने तयारीमा अर्को इभी ब्रान्ड ‘स्मार्ट’, आधिकारिक बिक्रेतामा सीजी मोटर्स छनोट
नेपाल आउने तयारीमा अर्को इभी ब्रान्ड ‘स्मार्ट’, आधिकारिक बिक्रेतामा सीजी मोटर्स छनोट


काठमाडौं। नेपालको विद्युतीय सवारीको बजार दिनानुदिन रोमाञ्‍चक र प्रतिस्पर्धी बन्दै गएको छ। नेपालको ठूलो व्‍यावसायिक घराना सीजी ग्रुपले अर्को नयाँ विद्युतीय गाडीको ब्रान्ड ‘स्मार्ट’ नेपाल भित्र्याउने भएको छ।

Tata
GBIME
Nepal Life

सीजी मोटर्सले यसअघि नै ‘होजोन अटो’को नेटा भी इलेक्ट्रिक कार तथा केवाइसी ब्राण्डको मिनी ईभी भ्यान बिक्री गर्दै आएको छ। जसमा अब यो नयाँ ब्रान्ड पनि थपिएको छ।

स्मार्ट मोटर्सले सीजी ग्रुप अन्तर्गतको सीजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेताको रुपमा छनोट गरेको छ। सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरीले सामाजिक सञ्‍जालमा फोटो पोस्ट गर्दै सम्झौताबारे जानकारी दिएका छन्।

स्मार्ट मोटर्सले जर्मनीको मर्सिडिज बेन्ज ग्रुप तथा चीनको जिली होल्डिङको जोयन्ट भेन्चरमा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ।

कम्पनीले स्मार्टको पहिलो उत्पादनको रुपमा स्मार्ट ह्यास ट्याग १ मोडल नेपाली बजारमा भित्र्याउने छ। जसको ब्याट्री प्याक ६२ किलोवाट आवर (युनिट) क्षमताको छ।

यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो पनि रियर ह्‍विल ड्राइभमा उपलब्ध छ। यो कम्पनीको इन्ट्री लेभल इभी हो।