BIZMANDU
www.bizmandu.com

तीन वर्षपछि ‘सेलिब्रेटिङ टुरिजम’ नारासहित स्कल साँझ, संकलित रकम पर्यटनलगायत पाँच क्षेत्रमा खर्चने

२०८० असोज ७

तीन वर्षपछि ‘सेलिब्रेटिङ टुरिजम’ नारासहित स्कल साँझ, संकलित रकम पर्यटनलगायत पाँच क्षेत्रमा खर्चने
तीन वर्षपछि ‘सेलिब्रेटिङ टुरिजम’ नारासहित स्कल साँझ, संकलित रकम पर्यटनलगायत पाँच क्षेत्रमा खर्चने


काठमाडौं। तीन वर्षपछि स्कल इन्टरनेशनल नेपाल अन्तर्गत ‘स्कल नाइट’ सम्पन्न भएको छ। शुक्रबार आयोजित चौथो संस्करणको कार्यक्रममार्फत उठेको रकम पर्यटन लगायत पाँच क्षेत्रमा खर्चने योजना रहेको अध्यक्ष महेन्द्रराज पौडेलले बताए।

Tata
GBIME
NLIC

कार्यक्रमबाट उठेको रकम पर्यटन, जेष्ठ नागरिकहरूका लागि हेरचाह, हरित वातावरण, मित्रता तथा नेपालको प्रकृति, संस्कृति र साहसिक खेललगायत क्षेत्रको प्रवर्धनका लागि खर्च गर्ने योजना छ ।

विश्व पर्यटन दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरेको बताउँदै अध्यक्ष पौडेलले भने,’संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वृक्षरोपण तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यसलाई निरन्तरता दिनका लागि स्कल नाइटको चौथो संस्करण गरेका हौं।’

प्रतिव्यक्ति आठ हजार पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको टिकट करिब १८० वटा विक्री भएको उनले जानकारी दिए। ‘सबै मुलुकको आ-आफ्नो शैलीको कार्यक्रम हुन्छ। यो क्लब चलाउनका लागि फण्ड त आवश्यक छ। सदस्यलाई सहज होस् भन्ने उद्देश्यले सबैको योगदान स्वरुप स्कल नेपालले ‘स्कल नाइट’ आयोजना गर्दै आएको छ।’

स्कल इन्टरनेशनल नेपाल एक अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थामा नेपालका होटल, पर्यटन लगायतका क्षेत्रबाट ७० जना सदस्य छन् । स्कल इन्टरनेशनल नेपालले पर्यटनलाई प्रवर्धन गर्न विभिन्न गतिविधि गर्दै आएको छ।

पर्यटन प्रवर्धन लक्षित ‘फ्रेण्डसिप क्लब’ बाट सन् १९३२ मा पेरसिमा सुरु भएको यो संस्था हाल विश्वको ७६ वटा मुलुकमा संचालित छ। जस अन्तर्गत १२ हजार  भन्दा बढी सदस्यको आवद्ध छ।