BIZMANDU
www.bizmandu.com

पर्साबाट रौतहट र रुपन्देहीका लागि छुटेका दुई ट्रकमा बिलबिजकभन्दा ८३ लाख बढीका समान बरामद

२०८० असोज ६

पर्साबाट रौतहट र रुपन्देहीका लागि छुटेका दुई ट्रकमा बिलबिजकभन्दा ८३ लाख बढीका समान बरामद
पर्साबाट रौतहट र रुपन्देहीका लागि छुटेका दुई ट्रकमा बिलबिजकभन्दा ८३ लाख बढीका समान बरामद


वीरगंज। पर्साबाट छुटेका दुई ट्रकमा बिजिबजकमा उल्लेख भएभन्दा करिब ८३ लाख रुपैयाँ बढीका सामान बरामद भएको छ। दुइटै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेका ट्रकलाई प्रहरीले शुक्रबार राति जितपुर सिमरा-७ मा रोकेर बिजबिजक र ढुवानी गरेका सामान हेरेको थियो।

रौतहटतर्फ जाँदै गरेको ना३ख.४४९१ नम्बरको ट्रकमा बिलबिजकभन्दा ३२ लाख ६ हजार रुपियाँ बराबर बढीका हार्डवेयर तथा खुद्रा सामान भेटिएको बाराका डीएसपी दधिराम न्यौपानेले बताए।

यसैगरी वीरगंजबाट रूपन्देही जाँदै गरेको वा.प्र.–०३–००१.ख.२३११ नम्बरको ट्रकमा बिलबिजकमा उल्लेख भएभन्दा बढी ५१ लाख ४६ हजार बराबरको सामान फेला परेपछि दुवैलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रनाउ न्यौपानेले बताएका छन् ।