BIZMANDU
www.bizmandu.com

मिडिया मुगल रुपर्ट मर्डकले फक्स र न्यूज कर्पको अध्यक्ष पद छाडे, छोरालाई दिए जिम्मेवारी

२०८० असोज ५

मिडिया मुगल रुपर्ट मर्डकले फक्स र न्यूज कर्पको अध्यक्ष पद छाडे, छोरालाई दिए जिम्मेवारी
मिडिया मुगल रुपर्ट मर्डकले फक्स र न्यूज कर्पको अध्यक्ष पद छाडे, छोरालाई दिए जिम्मेवारी


मिडिया मुगल रुपर्ट मर्डकले फक्स न्यूज र न्यूज कर्पको अध्यक्षबाट हट्ने घोषणा गरेका छन्। उनले सो पद अब आफ्नो छोरा लकलन मर्डकले सम्हाल्ने बताएका छन्।

Tata
GBIME
NLIC

कर्मचारीहरुलाई जारी गरिएको पत्रमा उनले यो नयाँ भूमिका लिनका लागि उपयुक्त समय भएको बताएका थिए।

‘हाम्रो कम्पनी म जस्तै स्वस्थ अवस्थामा छ। व्यवसायिक चुनौतीभन्दा हामीसँग अवसरहरु धेरै छन्। हामीसँग आशावादी हुने कारण छ,’ उनले भनेका छन्।

९२ वर्षीय मर्डकले सन् १९९६ मा फक्स न्यूज संचालनमा ल्याएका थिए। फक्स न्यूज अमेरिकामा धेरै हेरिने टेलिभिजन च्यानलमा पर्छ।

रुपर्टले चारपटक विवाह गरेका थिए भने उनको ६ सन्तान छन्। ५२ वर्षीय लकलन मर्डक रुपर्ट र उनकी दोस्री श्रीमती अन्ना डीपेस्टरका सन्तान हुन्। उनका सन्तानहरु मिडिया उद्योगमा नै छन्।

सन् १९९० देखि लच्लन रुपर्टको पारिवारिक विसारत कम्पनीमा संलग्न भएका थिए। सन् २००५ मा फक्स न्यूज छाडे पनि सन् २०१४ मा उनी फेरि रुपर्ट कहाँ फर्किएर कम्पनी सम्हालेका थिए। रुपर्टका अर्का छोरा जेम्स मर्डक (५० वर्ष) ले सम्पादकिय सामग्रीसँग असहमति जनाउँदै सन् २०२० मा न्यूज कर्प छाडेका थिए। रुपर्टकी ५५ वर्षीया छोरी एलिजावेथले लामो समयसम्म रुपर्टसँगै काम गरिन्। पछि उनले आफ्नै टेलिभिजन च्यालन ‘साइन’ खोलिन्।

रुपर्टका दुई छोरी ग्रेस र चोएल २२ र २० वर्षकी भइन्।