BIZMANDU
www.bizmandu.com

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

२०८० असोज ५

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन्।

Tata
GBIME
NLIC

संयुक्त राष्ट्रसंघको जारी ७८औं महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले वित्तीय साधनको परिचालनमा जोड दिएका हुन्।

उनले भने, ‘अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ।’

उनले अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्र्तराष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताएका थिए। रासस