BIZMANDU
www.bizmandu.com

अरुण तेस्रोमा भएको अवरोधप्रति इप्पानको ध्यानाकर्षण, ‘जलविद्युतमा विदेशी लगानीलाई निरुत्साहित गर्छ’

२०८० असोज ४

अरुण तेस्रोमा भएको अवरोधप्रति इप्पानको ध्यानाकर्षण, ‘जलविद्युतमा विदेशी लगानीलाई निरुत्साहित गर्छ’
अरुण तेस्रोमा भएको अवरोधप्रति इप्पानको ध्यानाकर्षण, ‘जलविद्युतमा विदेशी लगानीलाई निरुत्साहित गर्छ’

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणमा भएको अवरोधले विदेशी लगानीलाई निरुत्साहित गर्ने बताएको छ।

Tata
GBIME

बिहीबार विज्ञप्ति जारी गर्दै आयोजनामा अवरोध हुँदा जलविद्युत विकासमा विदेशी लगानी निरुत्साहित हुने भन्दै विवादलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्ने उल्लेख गरेको छ।

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना स्थानीयको अवरोधका कारण तीन सातादेखि ठप्प छ। स्थानीयले मुआब्जा मागेर आयोजनाको काम रोकिदिएका छन्। इप्पानले विज्ञप्तिमा आयोजना र स्थानीयका बिचमा सरकारले मध्यस्थता गरेर भए पनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गरेको छ।

यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले निर्माण गरिरहेको छ। आधाभन्दा बढी काम सकिएको आयोजना डेढ वर्षमा बत्ती बाल्ने योजना छ।